Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद


काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद

काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ ।

आईतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताउनु भयो । उहाँले विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आईतवार नै निर्वाचन आयोगमा बुझाइने जानकारी दिनुभयो । उहाँकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर सांसद चयन गरिएको उहाँले जनाकारी दिनुभयो । उहाँले पार्टीले पठाएको नामलाई निर्वाचन आयोगले रुजु गरेर सार्वजानिक गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभा सबै हिसाव गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ । त्यस्तै ती महिलामध्ये सबै क्लष्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५, जम्मा २० मध्ये १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर हामीले पठाउने हो । हामीले यसलाई निर्णय गरिसेकेका छौँ । यो बन्दसूची निर्वाचन आयोगमा आजै पठाउँछौँ । त्यसपछि त्यहाँ केही कलष्टरहरुमा तलमाथी परेमा सच्याउने सुविधा पनि पाईन्छ, यहाँभन्दा अगाडी जे समानुपातिक सूची पठाइएको थियो, त्यसमा धेरै फेरबदल गर्ने सुविधा प्राप्त हुँदैन । यसैमा आधारित भएर हामीले निर्णय गरेका छौँ । यो आजै निर्वाचन आयोगमा बुझाउँछौ र निर्वाचन आयोगले सार्वजानिक गर्छ ।’

उहाँले निर्वाचनको समिक्षाको लागी केही दिन भित्रै केन्द्रिय कार्य समितिको बैठक बोलाउने जानकारी दिनुभयो ।


प्रकाशित मिति: १ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?