Trending
>>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा


मत जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।

आम नागरिकहरु आफ्नो पक्षमा रहेकाले ७० देखि ७५ प्रतिशतसम्म मत ल्याएर जित्ने लक्ष्य राखेको बताउनुभएको हो । बिहीवार प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान सम्पन्न गरेपछि बोल्दै उहँँले जनताको अपार मया र प्रगाढ स्नेहले जित सुनिश्चित रहेको बताउनु भयो । उहाँले मत जनताले दिने र आफू मात्रै जितको लागि योग्य उम्मेदवार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘७९ सालमा हाम्रो गठबन्धन थियो । अलिकति बढी क्याडरहरु, पब्लिकहरुको सपोर्ट यो लेबलको देखिँदैन थियो । अहिले ओभरह्वेल्मिङ । गाउँगाउँबाट मान्छेहरु, जनताहरु, सामान्य नागरिकहरुको ओभरह्वेल्मिङ सपोर्ट देखिन्छ हाम्रो पक्षमा । हैन अब जित्ने हार्ने भन्ने कुरा त इलेक्सन हो तर अब जनताको अपार माया, प्रगाढ स्नेहका कारणले गर्दाखेरि मलाई विश्वास के छ भने हामी दुई तिहाइदेखि ७०–७५ पर्सेन्ट सम्मको मतको टार्गेटमा छौँ । जित त निश्चितै छ नि । भोट जनताले दिने हो, उम्मेदवार म हो, अनि कसले जित्छ त ? यहाँका जनताले सबैले माया गर्नुभएको छ, जितिहालिन्छ । चिन्ता गर्नु पर्दैन ।’

उहाँले आफ्नो जित सुनिश्चित रहेकाले चिन्ता नगर्न आग्रह गर्नुभयो ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?