Trending
>>   जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस् >>   सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा >>   भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा >>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

देशभर मतदान शुरु


देशभर मतदान शुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचअन्तगर्त मुलुकभर मतदान शुरु भएको छ ।

बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अपराह्न ५ बजेसम्म भोट खसाल्न पाइनेछ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?