Trending
>>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल


‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको पुँजी बजारमा विद्यमान ‘डबल आईएसआईएन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कम्पनीको शेयरको एउटै आईएसआईएन हुनुपर्नेमा उहाँको जोड छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा बोल्दै अध्यक्ष अग्रवालले विगतमा बैंक, बीमा तथा वित्तीय संस्थाहरुको संस्थापक र सर्वसाधारण शेयरका लागि अलग–अलग आईएसआईएन नम्बर दिने नीति नै अहिलेको समस्याको जड भएको बताउनु भयो । अध्यक्ष अग्रवालकाअनुसार एउटै कम्पनीको शेयरमा दुईवटा मूल्य (ड्यूअल प्राइस) हुनुले बजारमा ‘स्पेकुलेसन’ (अनुमानित कारोबार) लाई बढावा दिएको छ ।

‘समान प्रतिफल दिने एउटै शेयरलाई नीतिगत हस्तक्षेपका माध्यमबाट एउटा वास्तविक र अर्को स्पेकुलेटिभ मूल्यमा लानु नै ठूलो गल्ती हो ।’ उहाँले भन्नुभयो ।

उहाँकाअनुसार अलग–अलग आईएसआईएनले बजारलाई विभाजित गर्छ र शेयरको तरलतामा कमी ल्याउँछ । सूचकांकमा विकृतिः नेप्से सूचकांक गणनामा एउटै कम्पनीको शेयर फरक–फरक आईएसआईएनबाट गणना गर्दा वास्तविक बजार अवस्था प्रतिबिम्बित हुँदैन । यसले बजार नियमन र सुपरिवेक्षणलाई कमजोर बनाउँछ र अनुगमन कार्यलाई जटिल बनाउने उहाँको भनाइ छ । उहाँकाअनुसार यस्तो प्रणालीले नेपालको पुँजी बजार अपरिपक्व रहेको सन्देश दिने र विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने उनको तर्क छ ।

संस्थापक शेयरको तीन वर्षे ‘लकिन पिरियड’ ले पनि बजारमा शेयर आपूर्ति संकुचित पारेको अग्रवालले बताउनु भयो । उहाँले २० प्रतिशतसम्मको सिलिङ राखेर बाँकी शेयर खुला गरिएमा आपूर्तिको सन्तुलन मिल्ने र मूल्यमा हुने अस्वाभाविक उतारचढाव न्युनिकरण हुने सुझाव दिनुभयो ।

‘भारतमा टाटा वा अम्बानी जस्ता ठूला लगानीकर्ताले एउटा परियोजना सफल भएपछि शेयर विक्री गरेर थप नयाँ उद्योगमा लगानी गर्छन् ।’ उहाँले उदाहरण दिँदै भन्नुभयो, ‘नेपालमा पनि लगानीकर्तालाई आफ्नो लगानी असुल गरी थप परियोजनामा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’

अध्यक्ष अग्रवालले नेपालका नियामक निकायहरु (सेबन, नेप्से, सिडिएससी) सुदृढ हुन नसक्दा बजारमा विकृति देखिएको टिप्पणी गर्नुभयो ।

‘पुँजी बजार आर्थिक वृद्धिको मेरुदण्ड हो । यसलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनु नेपालको दिगो आर्थिक विकासको लागि अपरिहार्य छ । अब आगामी दिनमा वास्तविक मूल्यमा आधारित र कम्पनीको प्रतिफलको आधारमा मूल्य निर्धारण हुने स्वस्थ पुँजी बजारको विकास हुनुपर्छ ।’

उहाँले पुँजी बजार आर्थिक वृद्धिको मेरुदण्ड भएको बताउँदै यसलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनु नेपालको दिगो आर्थिक विकासको लागि अपरिहार्य रहेको बताउनु भयो । अब आगामी दिनमा वास्तविक मूल्यमा आधारित र कम्पनीको प्रतिफलको आधारमा मूल्य निर्धारण हुने स्वस्थ पुँजी बजारको विकास हुनुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?