Trending
>>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे


स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे

काठमाडौँ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ ।

केही स्थानीय तहका जनप्रतिनिधिहरूले दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उहाँले उक्त कार्य आचारसंहिता विपरित भएको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनैपनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्र कुनैपनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने स्पष्ट उल्लेख छ । सो व्यवस्थाविपरीत क्रियाकलाप नगर्न आयोगले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ ।

उहाँले भन्नुभयो, ‘फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिका बमोजिम फागनु ४ गतेदेखि १८ गतेको राती १२ वजेसम्म राजनीतिक दल र उम्मेद्वारहरुले निर्वाचनको प्रचारप्रसार गर्न पाउने अवधि रहेको छ । यो अवधीमा केही स्थानीय तहका जनप्रतिनिधिहरुले राजनीतिक दल र उम्मेद्वारहरुको प्रचारप्रसारमा आचारसंहिता विपरित सहभागिता जनाएको भन्ने गुनासाहरु निर्वाचन आयोगमा आएको हुनाले आयोगले यस विषयमा निर्णय गरेर कुनैपनि स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो स्थानिय तहभित्रमा कुनैपनि राजनितिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुनु हुँदैन भन्ने व्यवस्था निर्वाचन आचारसंहिताको दफा ५ को (क) को देहाय ४ ले व्यवस्था गरेको छ । सो व्यवस्था विपरित निर्वाचन प्रचारप्रसारमा संलग्न नहुनको लागि त्यस्ता जनप्रतिनिधिहरुलाई आयोगले अनुरोध गरेको छ ।’

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाईका साथ पालना गर्न सबै पक्षलाई अनुरोध गरेको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?