काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशन बैधानिक भएको दाबी गर्नुभएको छ ।
भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रश्ताव पेश गर्दै उहाँले संविधान, कानून र निर्वाचन आयोगले समेत आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर गर्नुभएको हो । महामन्त्री थापाले विशेष महाधिवेशनको बैधानिकतामाथि कानून प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो विशेष महाधिवेशन बैधानिक छ कि छैन ? यसको बैधानिक प्रावधान के छ ? हाम्रो संविधानले के भन्छ ? संविधानले विरलै मात्र यस्तो संविधान छ, जुन संविधानमा राजनीतिक दलसम्बन्धि व्यवस्था गरिएको छ । त्योमध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो । त्यसैले संविधानभन्दा माथि केही पनि छैन । त्यो संविधानको व्यवस्था के छ, राजनीतिक दलसम्बन्धि ऐनमा के व्यवस्था छ ? हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित विधान हो । आज यो विषयमा कसैले कानूनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, नेपालको नेपालको निर्वाचन आयोगले १, २, ३ हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दैसक्दैन । ढुक्क भएर बस्नुस् सक्दैन ।’
महामन्त्री थापाले आफूहरुले काँग्रेसलाई जागृत गराउन पनि सो महाधिवेशन आयोजना गर्नु परेको बताउनु भयो ।
प्रकाशित मिति: २८ पुष २०८२, सोमबार