Trending
>>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता >>   रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल >>   धनुषा ३ मा मत गणना जारी : रास्वपाका उम्मेदवारको अग्रता कायम >>   जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता >>   सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला


मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला

काठमाडौँ। काठमाडौं महानगरपालिकाले रैथाने मौलिक खानाहरुको प्रवर्द्धनका लागि मेला आयोजना गरेको छ ।

महानगरले आईतवार नक्शालको नारायण चौरमा रैथाने मौलिक खाद्य मेला, २०८२ आयोजना गरेको हो । स्थानीय खानाहरुको प्रवर्द्धन र बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी छिन । उनकाअनुसार महानगरले परम्परागत रैथाने खाना र खाद्य सामग्रीहरुलाई बजारीकरण गर्नको लागि गतवर्षदेखि मेला गर्दै आएको छ । महानगरले बजार अनुगमनको क्रममा धेरैले खाद्य सुरक्षाको मापदण्डको पालना गरेको नपाइएकाले गतवर्ष फुड हाईजिन एण्ड सेफ्टीको बुटक्याम्प नै आयोजना गरेको जानकारी दिइन् । साना व्यवसायीहरुलाई महानगरले फुड हाईजिन र सेफ्टीको तालिम दिएर उनीहरुले उत्पादन गरेका रैथाने खानाहरुलाई पनि प्रवद्र्धन गर्न सहयोग गरेको उनको भनाई छ । तालिमपश्चात व्यवसायीहरुको चाहनाअनुसार नै खाद्य मेला आयोजना गरेको र मेलामा रैथाने खाद्यवस्तुको किनमेलका साथै जानकारी पनि लिन सकिने उनले बताइन् । गतवर्ष दरबार हाई स्कुलमा खाद्य मेला भएको थियो ।

मेलाका धेरै स्टलहरुमा खानको लागि तयार पारिएका खाद्यवस्तु राखिएका छन् भने खाद्यवस्तु विक्री वितरणको लागि पनि राखिएका छन् । मेलामा रैथाने नेवारी परिकार योमरी, चीज, बारा, मःम, अचार, लड्डु, सुत्केरी मसला लगायत अन्य स्थानीय उत्पादनहरु राखिएका छन् । मेलामा मनोरञ्जनको लागि परम्परागत संस्कृति झल्किने बाजागाजा संगीत पनि रहेको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?