Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पहिला बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप लामिछाने


काठमाडौँ। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् । पहिले बलिङ गरेको जनकपुरले १६ औं ओभरसम्म स्पिनर नै लगाएको थियो । त्यस क्रममा जनकपुरले किफायती बलिङ पनि ग¥यो । जवाफमा विराटनगरले पनि स्पिनर नै धेरै प्रयोग गर्यो । सन्दीपले आजको खेलमा फास्ट बलरले राम्रो गरे पनि स्पिनर फेबरेट पिच रहेको उल्लेख गरेका हुन् । उनले स्पिनर सूर्य तामाङ र नरेन भट्टले पनि उत्कृष्ट बलिङ गरेको र समग्र बलिङ युनिट राम्रो हुँदा लक्ष्य जोगाउन सफल भएको उनको भनाइ छ ।

ब्याटिङ गर्न कठिन रहेको पिच पनि ब्याटरले राम्रै खेलेको उनी बताउँछन् । यही टिमले राम्रो गरिरहेको अवस्थामा फाफ डुप्लेसिसलाई कहाँ प्रयोग गर्ने भन्ने बारे टोली स्पष्ट रहेको सन्दीपको भनाइ छ । लगातार दोस्रो हारपछि जनकपुर बोल्ट्सका प्रशिक्षक शिभनारिन चन्द्रपउलले शीर्ष क्रमका ब्याटर असफल हुँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन् । १६ ओभरसम्म स्पिनर प्रयोग गर्न पिचको आवश्यक रहेको र त्यसमा सफल पनि भएको उनले उल्लेख गरे । तर ब्याटिङ राम्रो गर्न नसकेको प्रशिक्षक चन्द्रपउलले बताए ।

उनले केही क्षेत्रमा आफूहरू असफल भएको उल्लेख गरे । अब आगामी खेलमा ध्यान केन्द्रित गरेर जित निकाल्ने उनी बताउँछन् । उनले सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी रहेको र उनमा धेरै क्षमता रहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?