Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

पहिला बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप लामिछाने


काठमाडौँ। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई मद्दत पुग्ने खालको पिच रहेको उल्लेख गर्दै पहिले बलिङ गरेको भए आफूहरूले पनि २०औं ओभरसम्म स्पिनर नै लगाउनसक्ने बताएका हुन् । पहिले बलिङ गरेको जनकपुरले १६ औं ओभरसम्म स्पिनर नै लगाएको थियो । त्यस क्रममा जनकपुरले किफायती बलिङ पनि ग¥यो । जवाफमा विराटनगरले पनि स्पिनर नै धेरै प्रयोग गर्यो । सन्दीपले आजको खेलमा फास्ट बलरले राम्रो गरे पनि स्पिनर फेबरेट पिच रहेको उल्लेख गरेका हुन् । उनले स्पिनर सूर्य तामाङ र नरेन भट्टले पनि उत्कृष्ट बलिङ गरेको र समग्र बलिङ युनिट राम्रो हुँदा लक्ष्य जोगाउन सफल भएको उनको भनाइ छ ।

ब्याटिङ गर्न कठिन रहेको पिच पनि ब्याटरले राम्रै खेलेको उनी बताउँछन् । यही टिमले राम्रो गरिरहेको अवस्थामा फाफ डुप्लेसिसलाई कहाँ प्रयोग गर्ने भन्ने बारे टोली स्पष्ट रहेको सन्दीपको भनाइ छ । लगातार दोस्रो हारपछि जनकपुर बोल्ट्सका प्रशिक्षक शिभनारिन चन्द्रपउलले शीर्ष क्रमका ब्याटर असफल हुँदा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन् । १६ ओभरसम्म स्पिनर प्रयोग गर्न पिचको आवश्यक रहेको र त्यसमा सफल पनि भएको उनले उल्लेख गरे । तर ब्याटिङ राम्रो गर्न नसकेको प्रशिक्षक चन्द्रपउलले बताए ।

उनले केही क्षेत्रमा आफूहरू असफल भएको उल्लेख गरे । अब आगामी खेलमा ध्यान केन्द्रित गरेर जित निकाल्ने उनी बताउँछन् । उनले सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी रहेको र उनमा धेरै क्षमता रहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?