Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

जुनियर खुला राष्ट्रिय बास्केटबल हुने


काठमाडौँ। आगामी बुधवारदेखि काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधवारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यु–१६ तर्फ समान चार टोलीको सहभागिता रहनेछ । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । सिनियरतर्फ जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड र ग्रान्ड स्टार्स तथा जुनियरमा बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वर्णिम कलेजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । आयोजक एञ्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले यसपल्ट प्रतियोगिता खेल्न प्रवेश शुल्क नराखिएको बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटक महिला सिनियर र जुनियरको टिमको प्रतियोगिता गराउन लागेको बताए । उक्त प्रतियोगिता कात्तिक २४ गतेसम्म हुनेछ । सिनियरमा हरेक टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् । जुनियततर्फ हरेक टोलीबीच एक खेल हुनेछ । सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् । जुनियरमा भने पदक र प्रमाणपत्र मात्र प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?