Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जुनियर खुला राष्ट्रिय बास्केटबल हुने


काठमाडौँ। आगामी बुधवारदेखि काठमाडौंमा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा बुधवारदेखि खुला राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । एञ्जल हार्ट नेसनल स्कुलको आयोजनामा सिनियर र जुनियर यु–१६ तर्फ समान चार टोलीको सहभागिता रहनेछ । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ । सिनियरतर्फ जेभियर इन्टरनेसनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड र ग्रान्ड स्टार्स तथा जुनियरमा बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वर्णिम कलेजले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । आयोजक एञ्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले यसपल्ट प्रतियोगिता खेल्न प्रवेश शुल्क नराखिएको बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटक महिला सिनियर र जुनियरको टिमको प्रतियोगिता गराउन लागेको बताए । उक्त प्रतियोगिता कात्तिक २४ गतेसम्म हुनेछ । सिनियरमा हरेक टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् । जुनियततर्फ हरेक टोलीबीच एक खेल हुनेछ । सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् । जुनियरमा भने पदक र प्रमाणपत्र मात्र प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?