Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक


काठमाडौँ। नेपाली चलचित्र ‘मन बिनाको धनको’ ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । कार्तिक २१ गतेदेखि प्रदर्शन हुने चलचित्रमा बालकलाकार अशोक दर्जीको मुख्य भुमिका रहेको छ । चलचित्र बनाउने आफ्नो इच्छा नभए पनि अशोकको चलचित्रमा अभिनय गर्ने चाहना भएकाले चलचित्र निर्माण गरेको निर्देशक बुढाथोकीले बताए । यो निर्देशक बुढाथोकीको निर्देशनमा डेब्यु चलचित्र समेत हो । चलचित्रले अपेक्षित आम्दानी गरे देशका विद्यालयहरुमा गुरुहरुका लागि कोष खडा गर्ने योजना रहेको चलचित्रका निर्देशक टंक बुढाथोकीले बताएका छन् ।

उनले भने, ‘चलचित्र बन्छ भन्ने त्यस्तो केही थिएन तर जबदेखि हामी जोडियौँ र अशोकको इन्टे«स्टहरु बुज्दै जादाँ उ कालाकारीतामा एक्टिभ भएको देखिरहँदाखेरी र मैले पनि धेरै कुराहरु समाजलाई उत्तर दिनुपर्ने भएको कारणले गर्दाखेरी हामीले यो चलचित्र मन बिनाको धन निर्माण गर्ने योजना बनायौं ।’

चलचित्रमा अशोक दर्जीले गीत भन्दा राम्रो अभिनय गरेको अभिनेता सरोज खनालले बताए । उनले चलचित्र मुख्य रुपले अशोक दर्जीको निम्ति बनेको बताएका छन् । आफू लगायत अन्य कलाकार अशोकलाई सहयोगका लागि चलचित्रमा रहेको उनको जिकिर छ । अन्य चलचित्रमा भन्दा यस चलचित्रमा आफ्नो भुमिका फरक रहेको उनले बताए ।

उनले भने, ‘म जहाँसम्म यो चलचित्रको बारेमा बोल्नुपर्दा खेरी यो चलचित्र हाम्रो अशोक भाईको लागि बनेको हो । हामी त एउटा सपोटिङ रुपमा उहाँको छेउमा उभिएका छौं र म यति मात्र भन्छु कि अशोक भाई जति गीत गाउनुहुन्छ त्यो भन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ ।’

टंक बुढाथोकीको निर्देशनमा निर्मांण भएको चलचित्रमा अशोकका साथै अग्रज कलकार सन्तोष पन्त, सरोज खनाल, रमा थपलिया, निता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?