Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

चलचित्र ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक


काठमाडौँ। नेपाली चलचित्र ‘मन बिनाको धनको’ ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । कार्तिक २१ गतेदेखि प्रदर्शन हुने चलचित्रमा बालकलाकार अशोक दर्जीको मुख्य भुमिका रहेको छ । चलचित्र बनाउने आफ्नो इच्छा नभए पनि अशोकको चलचित्रमा अभिनय गर्ने चाहना भएकाले चलचित्र निर्माण गरेको निर्देशक बुढाथोकीले बताए । यो निर्देशक बुढाथोकीको निर्देशनमा डेब्यु चलचित्र समेत हो । चलचित्रले अपेक्षित आम्दानी गरे देशका विद्यालयहरुमा गुरुहरुका लागि कोष खडा गर्ने योजना रहेको चलचित्रका निर्देशक टंक बुढाथोकीले बताएका छन् ।

उनले भने, ‘चलचित्र बन्छ भन्ने त्यस्तो केही थिएन तर जबदेखि हामी जोडियौँ र अशोकको इन्टे«स्टहरु बुज्दै जादाँ उ कालाकारीतामा एक्टिभ भएको देखिरहँदाखेरी र मैले पनि धेरै कुराहरु समाजलाई उत्तर दिनुपर्ने भएको कारणले गर्दाखेरी हामीले यो चलचित्र मन बिनाको धन निर्माण गर्ने योजना बनायौं ।’

चलचित्रमा अशोक दर्जीले गीत भन्दा राम्रो अभिनय गरेको अभिनेता सरोज खनालले बताए । उनले चलचित्र मुख्य रुपले अशोक दर्जीको निम्ति बनेको बताएका छन् । आफू लगायत अन्य कलाकार अशोकलाई सहयोगका लागि चलचित्रमा रहेको उनको जिकिर छ । अन्य चलचित्रमा भन्दा यस चलचित्रमा आफ्नो भुमिका फरक रहेको उनले बताए ।

उनले भने, ‘म जहाँसम्म यो चलचित्रको बारेमा बोल्नुपर्दा खेरी यो चलचित्र हाम्रो अशोक भाईको लागि बनेको हो । हामी त एउटा सपोटिङ रुपमा उहाँको छेउमा उभिएका छौं र म यति मात्र भन्छु कि अशोक भाई जति गीत गाउनुहुन्छ त्यो भन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ ।’

टंक बुढाथोकीको निर्देशनमा निर्मांण भएको चलचित्रमा अशोकका साथै अग्रज कलकार सन्तोष पन्त, सरोज खनाल, रमा थपलिया, निता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?