Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सङ्घ र प्रदेशमा सांसदकाे सङ्ख्या घटाउन खिमलाल देवकाटाको माग


२७ चैत्र, काठमाडाैँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सङ्ख्या कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले उक्त प्रस्ताव राखेका हुन् ।

देवकाेटाले दुई सय ७५ जनाको प्रतिनिधि सभालाई एक सय ६५ र पाँच सय ५० जनाको प्रदेश सभालाई तीन सय ३० बनाउनुपर्ने बताए ।

उनले भनेका छन्, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको सङ्ख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधारमात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’

उनले काठमाडाैँमा धेरै निर्वाचन क्षेत्र भएको बताउँदै क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखे ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?