Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

सङ्घ र प्रदेशमा सांसदकाे सङ्ख्या घटाउन खिमलाल देवकाटाको माग


२७ चैत्र, काठमाडाैँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सङ्ख्या कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले उक्त प्रस्ताव राखेका हुन् ।

देवकाेटाले दुई सय ७५ जनाको प्रतिनिधि सभालाई एक सय ६५ र पाँच सय ५० जनाको प्रदेश सभालाई तीन सय ३० बनाउनुपर्ने बताए ।

उनले भनेका छन्, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको सङ्ख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधारमात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’

उनले काठमाडाैँमा धेरै निर्वाचन क्षेत्र भएको बताउँदै क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखे ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?