Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

चलचित्र ‘रिमै’ को प्रिमियर सम्पन्न


काठमाडौँ। चलचित्र ‘रिमै’को प्रिमियर गरिएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको प्रिमियर गरिएको हो । शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को मुख्य भुमिकामा कलाकार दयाहाङ राई र रिश्मा गुरुङ रहेका छन् । चलचित्रको प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी सोरठी नाचसमेत प्रश्तुत गरिएको थियो । अभिनेता दयाहाङ राईले चलचित्र ‘रिमै’ नेपालको कुनै एउटा भेगको गुरुङ समुदायको संस्कारमाथीको कथा भएको बताए। उनले चलचित्रमा आफुले गुरुङ समुदायको भुमिका निवार्ह गर्न कोशिस गरेको बताए  । तर भुमिकालाई न्याय गर्न नसकेको भन्दै उनले माफी समेत मागेका छन्  ।

चलचित्र ‘रिमै’लाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । यसको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने शैलेन्द्रध्वज कार्कीले चलचित्रलाई खिचेका  हुन् । चलचित्रमा दयाहाङ र रिस्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङलगायतको अभिनय छ ।


प्रकाशित मिति: १९ भाद्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?