Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राष्ट्रिय निकुञ्जको कारण १७ हजार भन्दा बढी मेगावाटका आयोजनाहरु समस्यामा:कार्की


काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दाबढी मेगावाटका आयोजनाहरु समस्यमा परेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय निकुञ्जका कारण विद्युत क्षेत्रमा धरै समस्या आइरहेको बताए । संसदले बनाएको ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर रद्ध गरिदिएको भन्दै वन क्षेत्रमा बन्न लागेका १७ हजार भन्दा बढी मेगावाटका योजनाहरु समस्यमा परेको बताएका छन् । उक्त आयोजनाका लागि झन्डै दुई खर्ब भन्दा बढी लगानी भइसकेको भन्दै राजनीतिक दलहरुले एउटा निष्कर्ष निकाल्नुपर्ने बताए ।

उनले भने, ‘नयाँ नयाँ बखेडा निकाल्दै जाने हो भने नेपालका निजी क्षेत्रले नेपालमा लगानी गर्न सक्दैनन् । अहिले साँच्चै नै हामी समस्यामा छौँ । राष्ट्रिय निकुञ्जका कुराले धेरै समस्या छ । नेपालको संसदले एउटा ऐन बनायो, निजी क्षेत्रहरु अघि बढे तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर क्यान्सिल गरेको छ । सात, आठ महिना भइसक्यो, हामी वनमा छिर्न पाएको छैन । १७ हजार भन्दा बढी मेगावाटका योजनाहरु समस्यमा परेका छन् । हामी अन्योलमा छौँ । झन्डै दुई खर्ब भन्दा बढी लगानी भएको छ । त्यसमा के गरिदिने हो, राजनीतिक स्तरमा छलफल गरे अघि बढाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष कार्कीले विद्युत ऐन नेपाली जनताले लगानी गर्ने किसिमको आउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?