Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

‘नेपाल कला तथा सांस्कृतिक महोत्सव–२०२५’ भदौ २० देखि काठमाडौंमा हुने


काठमाडौँ। सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ ।

नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । आईतवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कला परिषद्का महासचिव विकासरत्न ढख्वाले महोत्वको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी दिएकाछन् छन् । उनले महोत्सवमा उपत्यकाका जिल्लाहरुमा मनाइने विभिन्न जात्रा, नेपाली सेनाको सांस्कृतिक प्रश्तुती, लगायत यसबीचमा पर्ने जात्राहरुलाई भव्यताका साथ मनाउने गरी आयोजक समिति गठन गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘महोत्सवको तयारीका लागि परिषद्ले धेरै क्षेत्रका निकायहरुसँग सहकार्य गर्यो । त्यसलाई उमओयु गरेर हस्ताक्षर गर्न भने केही समय लाग्यो । हामीले यसबीच महोत्सव बारे सबै निकायलाई जानकारी गराएर समर्थन जुटाउने प्रयास गर्यौँ । त्यसपछि पर्यटन बोर्डसँग सहमति भएपछि आयोजक समिति गठनको प्रक्रिया अगाडि बढायौं । जसममा काठमाडौं महानगरपालिका, ललितपुर महानागरपालिकाको वडा नं १६, भक्तपुर र कीर्तिपुर तथा पर्यटनसँग संवद्ध सबै सरोकारवालाहरुलाई समेत समेटिएको छ ।’

महोत्सवले नेपालमा मात्रै नभई विदेशमा समेत ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्य राखेको छ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित शुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । यसरी उपत्यकाका पुराना शहर– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन शुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ८ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?