Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

‘नेपाल कला तथा सांस्कृतिक महोत्सव–२०२५’ भदौ २० देखि काठमाडौंमा हुने


काठमाडौँ। सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ ।

नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । आईतवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कला परिषद्का महासचिव विकासरत्न ढख्वाले महोत्वको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी दिएकाछन् छन् । उनले महोत्सवमा उपत्यकाका जिल्लाहरुमा मनाइने विभिन्न जात्रा, नेपाली सेनाको सांस्कृतिक प्रश्तुती, लगायत यसबीचमा पर्ने जात्राहरुलाई भव्यताका साथ मनाउने गरी आयोजक समिति गठन गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘महोत्सवको तयारीका लागि परिषद्ले धेरै क्षेत्रका निकायहरुसँग सहकार्य गर्यो । त्यसलाई उमओयु गरेर हस्ताक्षर गर्न भने केही समय लाग्यो । हामीले यसबीच महोत्सव बारे सबै निकायलाई जानकारी गराएर समर्थन जुटाउने प्रयास गर्यौँ । त्यसपछि पर्यटन बोर्डसँग सहमति भएपछि आयोजक समिति गठनको प्रक्रिया अगाडि बढायौं । जसममा काठमाडौं महानगरपालिका, ललितपुर महानागरपालिकाको वडा नं १६, भक्तपुर र कीर्तिपुर तथा पर्यटनसँग संवद्ध सबै सरोकारवालाहरुलाई समेत समेटिएको छ ।’

महोत्सवले नेपालमा मात्रै नभई विदेशमा समेत ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्य राखेको छ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित शुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । यसरी उपत्यकाका पुराना शहर– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन शुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ८ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?