Trending
>>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न…
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

गाउँको बानी, शहरको जिन्दगानी : आधुनिक जीवनशैलीमा कसरी मिलाउने सन्तुलन ?


काठमाडौँ । नेपाली समाजमा जीवनशैली दुई धारमा बगिरहेको छ।  एउटा ग्रामीण परम्परागत जीवनशैली, अर्को शहरी व्यस्त दिनचर्या। तर स्वास्थ्यविद्हरूका अनुसार, सन्तुलन मिलाउन सके जीवन अझ स्वस्थ र खुशी बन्न सक्छ।

गाउँको बानी : प्राकृतिक र सरल जीवन

गाउँमा मानिस बिहानै घामसँगै उठ्छन्। दूध दुहुने, बारीमा काम गर्ने, ताजा तरकारी खाने, वा पैदल हिँड्ने बानीले उनीहरूको जीवनलाई स्वस्थ राख्छ।
-ताजा खानपान,
-पर्याप्त शारीरिक श्रम र सामाजिक मेलमिलाप नै गाउँको जीवनशैलीको विशेषता हो।

शहरको जिन्दगी : व्यस्तता र चुनौती

शहरमा भने समयसँगै दौडधुप छ। अफिस, व्यापार वा पढाइका कारण बिहान ढिला उठ्ने, सजिलो खानपानमा निर्भर हुने, व्यायामको कमी हुने समस्या सामान्य हुन्छ।
-ट्राफिक जाम,
-दवावपूर्ण वातावरण र डिजिटल निर्भरता शहरी जीवनशैलीको प्रमुख चिन्ता बनेको छ।

कसरी सन्तुलन मिलाउने ?

परम्परा अपनाऔं : बिहान सबेरै उठ्ने,  पानी पिउने, घरमै बनेको खाना खाने बानी।

शहरमै गाउँ खोजौँ : बाल्कनी वा छतमा तरकारी रोप्ने, साइकल वा पैदल यात्रा गर्ने।

समय दिनुहोस् : काम र परिवार दुवैलाई सन्तुलित बनाउन समय तालिका मिलाउनुहोस्।

आयुर्वेद र योग : नेपाली परम्परामा निहित योग, ध्यान र आयुर्वेदिक बानीलाई फेरि अपनाउन सकिन्छ।

जीवनशैली जहाँको जस्तो भए पनि, परम्परा र आधुनिकताको सन्तुलन मिलाउने मान्छे नै अझ स्वस्थ, खुशी र सफल हुने विशेषज्ञहरूको भनाइ छ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?