Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अमेरिकाले गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा रद्द


वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्रालयले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। कानुन उल्लङ्घन तथा भिसा म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको कारण देखाइएको छ।

रद्द गरिएका भिसामध्ये करिब ४ हजार कानुन उल्लङ्घन (कुटपिट, मदिरा सेवन गरेर गाडी चलाउने, लुटपाटजस्ता अपराध)सँग सम्बन्धित छन् भने २००–३०० विद्यार्थीको भिसा आतंकवादसम्बन्धी कारण देखाएर खारेज गरिएको छ।

ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र विदेशी विद्यार्थीमाथि कडाइ गरिरहेका बेला यो कदम चालिएको हो। आवेदकहरूलाई सामाजिक सञ्जाल खाता समेत पब्लिक बनाउनुपर्ने नियम पनि लागू गरिएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?