Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

अमेरिकाले गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा रद्द


वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्रालयले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। कानुन उल्लङ्घन तथा भिसा म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको कारण देखाइएको छ।

रद्द गरिएका भिसामध्ये करिब ४ हजार कानुन उल्लङ्घन (कुटपिट, मदिरा सेवन गरेर गाडी चलाउने, लुटपाटजस्ता अपराध)सँग सम्बन्धित छन् भने २००–३०० विद्यार्थीको भिसा आतंकवादसम्बन्धी कारण देखाएर खारेज गरिएको छ।

ट्रम्प प्रशासनले गैरकानूनी आप्रवासन र विदेशी विद्यार्थीमाथि कडाइ गरिरहेका बेला यो कदम चालिएको हो। आवेदकहरूलाई सामाजिक सञ्जाल खाता समेत पब्लिक बनाउनुपर्ने नियम पनि लागू गरिएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?