Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढेको छः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले रासयनिक मलको बारेमा पछिल्ला दिनमा केही समस्या आइरहेको भन्नेबारेमा छलफल भएको जानकारी दिएका छन् । मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको उनको भनाइ छ ।

उनले भने, ‘रासयनिक मलका सन्दर्भमा छलफल भयो । छलफलको निष्कर्ष आज निस्किन सकेन । हामी तीन दिनमा फेरि बस्ने शुक्रवार बस्ने भन्ने सहमतिका साथ बाहिरिएका छौँ । तीन दिनपछि बसौँ र एउटा निष्कर्षमा पुगौँ भन्नुभयो । मलमा जुन समस्या आएका छन्, ठूलो समस्या त छैनन् तर कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने विषयमा छलफल भयो । फर्टिलाइजरका विषयमा आगामी दिनमा समस्या नआउने गरी निष्कर्षमा पुग्दैछौँ ।’

मधेस प्रदेशमा पनि ८० प्रतिशत भन्दा बढी रोपाईं भइसकेको बताउदै उनले अब मलखादको समस्या नहोस् भनेर सरकार लागिपरेको बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?