Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढेको छः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले रासयनिक मलको बारेमा पछिल्ला दिनमा केही समस्या आइरहेको भन्नेबारेमा छलफल भएको जानकारी दिएका छन् । मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको उनको भनाइ छ ।

उनले भने, ‘रासयनिक मलका सन्दर्भमा छलफल भयो । छलफलको निष्कर्ष आज निस्किन सकेन । हामी तीन दिनमा फेरि बस्ने शुक्रवार बस्ने भन्ने सहमतिका साथ बाहिरिएका छौँ । तीन दिनपछि बसौँ र एउटा निष्कर्षमा पुगौँ भन्नुभयो । मलमा जुन समस्या आएका छन्, ठूलो समस्या त छैनन् तर कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने विषयमा छलफल भयो । फर्टिलाइजरका विषयमा आगामी दिनमा समस्या नआउने गरी निष्कर्षमा पुग्दैछौँ ।’

मधेस प्रदेशमा पनि ८० प्रतिशत भन्दा बढी रोपाईं भइसकेको बताउदै उनले अब मलखादको समस्या नहोस् भनेर सरकार लागिपरेको बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?