Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

चर्चामा सर्जक बिष्णु भण्डारीको “काला पोखरा”


काठमाडौं । पछिल्ला दिनमा लोकगीत–संगीतमा मौलिकता हराउँदै गइसकेको चर्चा भइरहेका बेला सर्जक बिष्णु भण्डारीले आफ्नो नयाँ तीज गीत ‘काला पोखरा’ सार्वजनिक गरेका छन्। गीतमा भण्डारीकै मीठो संगीत र थेगोहरू समावेश छन् भने शब्द राधिका पन्त भण्डारीको र स्वर सिमा नेपालीको रहेको छ।

महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार भएको यो गीत बिष्णु भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दिनेश बिष्ट निर्देशित भिडियोमा सेर साउदले कोरियोग्राफी गरेका छन्।

धुर्कोट वस्तुका महिला दिदीबहिनीहरूको आकर्षक अभिनय र नृत्यले भिडियोमा स्थानीयपन थपेको छ। जन्मस्थानको माया र आफ्नो पन झल्काउने यो गीतमा माटोको सुगन्ध र मौलिकताको आत्मीयता प्रष्टै अनुभूत गर्न सकिन्छ।


प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?