Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

श्रीमान–श्रीमतीबीच बारम्बार झगडा हुन्छ? सम्बन्ध सुधार्न अपनाउनुहोस् यी उपाय


वैवाहिक जीवनमा सानातिना भनाभन, विचार–विमति स्वाभाविक मानिन्छ। तर, बारम्बार झगडा, आपसी विश्वासको कमी र सम्बन्धमा चिसोपन आउन थाल्यो भने वैवाहिक जीवन संकटमा पर्न सक्छ। यस्ता समस्यालाई समयमै समाधान नगरे दाम्पत्य सम्बन्धमा गहिरो दरार पर्न सक्छ।यसकारण  श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता उपायहरूमा ध्यान दिन जरुरी छ।

१. नियमित रुपमा एक अर्कालाई समय दिने: वैवाहिक सम्बन्ध बिग्रनुमा मुख्य कारण समय अभाव र संवादको कमी हो। दिनको कम्तिमा ३० मिनेट एक अर्कालाई समय दिएर मनका कुरा साटासाट गर्नु जरुरी छ।

२. घरमा तुलसी र शालिग्राम स्थापना गर्ने : घरमा तुलसीको बोट र शालिग्राम राखी नियमित पूजा गरेमा वैवाहिक जीवनमा सौहार्दता, समझदारी र शान्ति आउँछ भन्ने धार्मिक विश्वास छ।

३. शनिबार र सोमबार ब्रत बस्ने : श्रीमान्–श्रीमतीको सम्बन्ध सुधारका लागि महिलाले सोमबार शिव–पार्वतीको पूजा र श्रीमानले शनिबार शनिदेवको ब्रत बस्नाले वैवाहिक जीवनमा स्थिरता र प्रेम वृद्धि हुने शास्त्रीय मान्यता छ।

४. शयनकक्षको सजावट मिलाउने: श्रीमान–श्रीमतीको शयनकक्ष दक्षिण–पश्चिम कोणमा राख्नु राम्रो मानिन्छ। शयनकक्षमा ऐना सुत्ने ठाउँबाट देखिने गरी नराख्नुहोस्। रातो, गुलाबी वा हल्का पहेंलो रंगको पर्दा र ओछ्यानले प्रेम र सकारात्मक ऊर्जा बढाउँछ।

५. एकअर्कालाई दोष दिनु भन्दा ‘स्वयं सुधार’ को अभ्यास गर्ने:साना कुरामा चित्त नदुखाउने र आलोचना गर्ने प्रवृत्तिलाई त्याग्न आवश्यक छ. माफी माग्न नहिचकिचाउनु र ‘मसँग पनि कमजोरी छ’ भन्ने स्वीकृति दिनु सम्बन्ध सुधारमा प्रभावकारी हुन्छ।

६. पारिवारिक क्रियाकलाप गर्ने: सँगै खाना बनाउने, फिल्म हेर्ने, धार्मिक स्थल भ्रमण वा मनपर्ने गतिविधिमा सहभागी हुनुले सम्बन्धमा न्यानोपन ल्याउँछ।

७. पारिवारिक बुढापाका र गुरूसँग परामर्श: वैवाहिक सम्बन्धमा आउने समस्यामा परिवारका बुढापाका वा आध्यात्मिक गुरुहरूबाट मार्गदर्शन लिनु सकारात्मक उपाय मानिन्छ।

वैवाहिक सम्बन्ध सधैं सम्झौतामा आधारित हुन्छ। सानो-तिनो तिक्तता स्वाभाविक भए पनि प्रेम, विश्वास र संवाद कायम राख्न सकेमा दाम्पत्य जीवन रमाइलो र सुदृढ रहन्छ। जब समस्या बढ्न थाल्छ, तब यी उपायहरू प्रभावकारी हुन सक्छन्।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?