Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

श्रीमान–श्रीमतीबीच बारम्बार झगडा हुन्छ? सम्बन्ध सुधार्न अपनाउनुहोस् यी उपाय


वैवाहिक जीवनमा सानातिना भनाभन, विचार–विमति स्वाभाविक मानिन्छ। तर, बारम्बार झगडा, आपसी विश्वासको कमी र सम्बन्धमा चिसोपन आउन थाल्यो भने वैवाहिक जीवन संकटमा पर्न सक्छ। यस्ता समस्यालाई समयमै समाधान नगरे दाम्पत्य सम्बन्धमा गहिरो दरार पर्न सक्छ।यसकारण  श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता उपायहरूमा ध्यान दिन जरुरी छ।

१. नियमित रुपमा एक अर्कालाई समय दिने: वैवाहिक सम्बन्ध बिग्रनुमा मुख्य कारण समय अभाव र संवादको कमी हो। दिनको कम्तिमा ३० मिनेट एक अर्कालाई समय दिएर मनका कुरा साटासाट गर्नु जरुरी छ।

२. घरमा तुलसी र शालिग्राम स्थापना गर्ने : घरमा तुलसीको बोट र शालिग्राम राखी नियमित पूजा गरेमा वैवाहिक जीवनमा सौहार्दता, समझदारी र शान्ति आउँछ भन्ने धार्मिक विश्वास छ।

३. शनिबार र सोमबार ब्रत बस्ने : श्रीमान्–श्रीमतीको सम्बन्ध सुधारका लागि महिलाले सोमबार शिव–पार्वतीको पूजा र श्रीमानले शनिबार शनिदेवको ब्रत बस्नाले वैवाहिक जीवनमा स्थिरता र प्रेम वृद्धि हुने शास्त्रीय मान्यता छ।

४. शयनकक्षको सजावट मिलाउने: श्रीमान–श्रीमतीको शयनकक्ष दक्षिण–पश्चिम कोणमा राख्नु राम्रो मानिन्छ। शयनकक्षमा ऐना सुत्ने ठाउँबाट देखिने गरी नराख्नुहोस्। रातो, गुलाबी वा हल्का पहेंलो रंगको पर्दा र ओछ्यानले प्रेम र सकारात्मक ऊर्जा बढाउँछ।

५. एकअर्कालाई दोष दिनु भन्दा ‘स्वयं सुधार’ को अभ्यास गर्ने:साना कुरामा चित्त नदुखाउने र आलोचना गर्ने प्रवृत्तिलाई त्याग्न आवश्यक छ. माफी माग्न नहिचकिचाउनु र ‘मसँग पनि कमजोरी छ’ भन्ने स्वीकृति दिनु सम्बन्ध सुधारमा प्रभावकारी हुन्छ।

६. पारिवारिक क्रियाकलाप गर्ने: सँगै खाना बनाउने, फिल्म हेर्ने, धार्मिक स्थल भ्रमण वा मनपर्ने गतिविधिमा सहभागी हुनुले सम्बन्धमा न्यानोपन ल्याउँछ।

७. पारिवारिक बुढापाका र गुरूसँग परामर्श: वैवाहिक सम्बन्धमा आउने समस्यामा परिवारका बुढापाका वा आध्यात्मिक गुरुहरूबाट मार्गदर्शन लिनु सकारात्मक उपाय मानिन्छ।

वैवाहिक सम्बन्ध सधैं सम्झौतामा आधारित हुन्छ। सानो-तिनो तिक्तता स्वाभाविक भए पनि प्रेम, विश्वास र संवाद कायम राख्न सकेमा दाम्पत्य जीवन रमाइलो र सुदृढ रहन्छ। जब समस्या बढ्न थाल्छ, तब यी उपायहरू प्रभावकारी हुन सक्छन्।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?