Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

यस्ता छन् मिर्गौला बिग्रनुका मुख्य कारण, लक्षण र बच्ने उपायहरू


काठमाण्डौ।मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । मृगौलाको काम शरीरमा पानीको स्तर र अन्य तरल पदार्थ, केमिकल स्तर सही राख्नु र हानिककारक पदार्थ बाहिर निकाल्नु हो । हामीले जे खान्छौँ, त्यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्छ। खानाबाट पाइने पोषक तत्वलाई शरीरको रगतसम्म पुर्याउने काम पनि मृगौलाले गर्ने गर्छ।

पछिल्ला वर्षहरूमा नेपालमा मिर्गौला (किड्नी) रोगीको संख्या तीव्ररूपमा बढिरहेको छ। मधुमेह, उच्च रक्तचाप, अस्वस्थ जीवनशैली र असावधानीले गर्दा मिर्गौलाको कार्यक्षमता कम हुँदै जाने समस्याले दीर्घकालीन स्वास्थ्य जोखिम निम्त्याइरहेको छ। समयमै जानकारी र सतर्कता अपनाउन सकेमा यो रोगबाट बच्न सकिन्छ।

मिर्गौला बिग्रनुका मुख्य कारणहरू निम्न छन् :

  • दीर्घकालीन मधुमेह र उच्च रक्तचाप
  • बारम्बार पिसाब संक्रमण
  • किड्नी स्टोन (गिर्खा) र संक्रमण
  • अत्यधिक पेनकिलर औषधि वा एन्टिबायोटिकको जथाभावी सेवन
  • पानी कम पिउने बानी र शरीरमा पानीको कमी
  • मादक पदार्थ र धुम्रपान
  • अनुवांशिक समस्या

सुरुवाती लक्षणहरू:

  • अनुहार, खुट्टा र शरीर सुन्निनु
  • पिसाबमा झाग देखिनु वा रगत आउनु
  • बारम्बार पिसाब फेर्न जाने तर सन्तुष्टि नहुने
  • थकान, कमजोरी र शारीरिक काम गर्न नचाहने प्रवृत्ति
  • वाकवाकी लाग्ने, बान्ता हुने
  • उच्च रक्तचाप देखिनु र सास फेर्न गार्हो हुने

मिर्गौला स्वस्थ राख्ने उपायहरू :

  • मिर्गौला रोगबाट बच्नका लागि निम्न बानीहरु अपनाउनु आवश्यक छ :
  • मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्नु।
  • दिनमा ३–४ लिटर सफा पानी पिउने बानी बसाल्नु।
  • पिसाब रोकिराख्ने बानी नगर्नु।
  • अत्यधिक नुन, चिल्लो र मसलेदार खाना कम गर्नु।
  • पेनकिलर वा एन्टिबायोटिक औषधि चिकित्सकको सल्लाहबिना सेवन नगर्नु।
  • धुम्रपान र मद्यपान पूर्णरूपमा त्याग्नु।
  • शरीरको वजन सन्तुलनमा राख्नु र व्यायाम नियमित गर्नु।
  • प्रत्येक ६ महिना वा वर्षमा मिर्गौला परीक्षण गराउनु।

मिर्गौला बिग्रिसकेपछि उपचार महँगो र पीडादायक हुन्छ। समयमै पहिचान र सचेतना नै किड्नी रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। यदि तपाईंमा माथिका लक्षणहरू देखिन थालिसकेको छ भने तुरुन्त चिकित्सकको परामर्श लिनुहोस्।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?