Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सरकारका वाचा व्यवहारमा लागू भएनन् : रेखा यादव


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेखा यादवले सरकारले सुशासन र आर्थिक सुधारको वाचा पुरा गर्न नसकेको आरोप लगाएकी छिन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सरकारको वाचा व्यवहारमा लागू नहुनु निराशाजनक रहेको उल्लेख गर्दै कुलिङ अफ पिरियड विवाद र भिजिट भिसा काण्डजस्ता घटनाले मुलुक अराजकततर्फ उन्मुख भएको तर्क गरिन् ।

उनले भनिन्, ‘एक वर्ष पहिले सरकारले केही वाचा गरेको थियो । मुलुकमा सुशासन दिने कुरा गर्नुभएको थियो । अर्थतन्त्र सुधार, कानूनी राज्य बनाउने कुरा गरेको थियो । हामीले त्यो अपेक्षा गरेका थियौं । तर त्यस्तो हुन सकने । यहाँहरुले भर्खरै कुलिङ अफ पिरियडको अवस्था देख्नुभयो, भिजिट भिसा काण्ड पनि आइरहेकै अवस्था छ । भनेपछि हामीले अराजकता बाहेक केही देखेनौं । त्यो नदेखिसकेपछि साथ दिन सकिन्छ भन्ने लागेन ।’

सरकारका विवादित काम र निर्णयहरुले लोकतान्त्रिक प्रणालीमाथि जनविश्वास कम हुँदै गएको कारण सरकारलाई समर्थन दिईराख्ने अवस्था नरहेको पनि उनको भनाइ छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?