Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात


काठमाडौँ। मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु–१६ युथ लिगमा विजय शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना गर्यो । मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे । श्रीभगवतीका लागि सरून महतो गोल फर्काए पनि हार टार्न सकेनन् । रोहन खेलको प्लेयर अफ दी म्याच घोषित भए । रोहनले खेलको ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यससँगै पहिलो हाफमा मनाङ १–० ले अगाडि रह्यो । ५८ औं मिनेटमा सरूनले गोल फर्काउककंदै श्रीभगवतलाई बराबरीमा ल्याए । तर अन्तिम समयमा भने समालिन सकेन । ८७औं मिनेटमा विवेक गोल गर्दै मनाङलाई २–१ को जित दिलाए । त्यसअघि यस प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले गरेका थिए । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फाले एन्फा यु–१६ युथ लिगको सुरूआत गरेको हो । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप शुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लवले प्रतिष्पर्धा गर्दैछन् । यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शिर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा गरेका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लवले भने युथ लिगमा सहभागिता जनाउन पाएन । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिष्पर्धा गरेको छ ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?