Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए । कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको जिकिर गरेका छन् । अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘आज भोलि पार्टीमा, आन्दोलनमा धेरै नै किसिमका विचलनहरु सैद्धान्तिक, राजनीतिक पनि, व्यवहारिक, सांस्कृतिक पनि थुप्रै किसिमका विचलनहरु देखिन्छन् । हामीले जतिबेला कम्युनिष्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आज भोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाडमछाड गरेको सबैतिर देखिन्छ । हाम्रो पार्टीले गएको केन्द्रिय समितिको बैठकमा यो त बढी नै भयो । हामी हाम्रो विचार, राजनैतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरुको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो त्यस्तो भएन ।’

अध्यक्ष दाहालले यही अवस्था चलिरहेका कम्युनिष्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताएका छन् ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?