Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छः मन्त्री चौधरी


काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बताएका छन् ।

राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको बताए । उनले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गरे । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘युवाहरु यही देशमा फर्किएर, यही देशमा गर्न सकिन्छ । धेरै अवसर छ । यही देशमा केही गरौँ । विदेश नजानुहोला । आफ्नै देशमा काम गर्न सकिन्छ । विदेश जाने युवाहरुको दशा देखेकै छौँ । यही देशमा केही गरौँ । सकारात्मक सोच राखौँ । यही गर्न सकिन्छ ।’

मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरु खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताए । उनले नेपाली युवाहरु लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाई बुनाइ गर्ने, सरसफाई गर्ने, फलफूल बेच्ने लगायतका कामहरु गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने बताएका छन् । उनले स्कुलमा व्यवहारिक कुराहरु काम सिकाउनुपर्ने बताए ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?