Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छः मन्त्री चौधरी


काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बताएका छन् ।

राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको बताए । उनले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गरे । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘युवाहरु यही देशमा फर्किएर, यही देशमा गर्न सकिन्छ । धेरै अवसर छ । यही देशमा केही गरौँ । विदेश नजानुहोला । आफ्नै देशमा काम गर्न सकिन्छ । विदेश जाने युवाहरुको दशा देखेकै छौँ । यही देशमा केही गरौँ । सकारात्मक सोच राखौँ । यही गर्न सकिन्छ ।’

मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरु खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताए । उनले नेपाली युवाहरु लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाई बुनाइ गर्ने, सरसफाई गर्ने, फलफूल बेच्ने लगायतका कामहरु गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने बताएका छन् । उनले स्कुलमा व्यवहारिक कुराहरु काम सिकाउनुपर्ने बताए ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?