Trending
>>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो होइनः अध्यक्ष दाहाल


काठमाडौ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचिमा चढेर हटाइनु राम्रो नहुने बताए । विधेयकहरु समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको बताए । देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘हामी समितिमा बस्छौँ, छलफल गर्छौं, माननीय सदस्यहरुले अध्ययन गरेर विचार गरेर, चिन्तन मनन गरेर पारित पनि गर्दछौँ । कोही सर्वसम्मतले कोही भोटिङबाट भएपनि पारित गर्दछौँ । तर हामीले पारित गरेका प्रश्तावहरु विधेयकहरु पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरु हुने गरेका छन् । त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चिजहरु हुने गरेको छ । अहिले पनि म असाध्यै बढी चिन्ता लागेको छ । देशको राजनीतिक परिस्थितिलाई हेरेर केही संवेदनशील र असाध्यै महत्वपूर्ण विधेयकहरु जो हामीले धेरै मेहनत गरेर सदनबाट समिति मा आयो, समितिबाट पारित गरेर सदनमा पुगेर कार्यसूचिमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा बढो चिन्ता भएको छ ।’

अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्वपूर्ण विधेयकहरु छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?