Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो होइनः अध्यक्ष दाहाल


काठमाडौ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचिमा चढेर हटाइनु राम्रो नहुने बताए । विधेयकहरु समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको बताए । देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘हामी समितिमा बस्छौँ, छलफल गर्छौं, माननीय सदस्यहरुले अध्ययन गरेर विचार गरेर, चिन्तन मनन गरेर पारित पनि गर्दछौँ । कोही सर्वसम्मतले कोही भोटिङबाट भएपनि पारित गर्दछौँ । तर हामीले पारित गरेका प्रश्तावहरु विधेयकहरु पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरु हुने गरेका छन् । त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चिजहरु हुने गरेको छ । अहिले पनि म असाध्यै बढी चिन्ता लागेको छ । देशको राजनीतिक परिस्थितिलाई हेरेर केही संवेदनशील र असाध्यै महत्वपूर्ण विधेयकहरु जो हामीले धेरै मेहनत गरेर सदनबाट समिति मा आयो, समितिबाट पारित गरेर सदनमा पुगेर कार्यसूचिमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा बढो चिन्ता भएको छ ।’

अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्वपूर्ण विधेयकहरु छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?