Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कानूनमन्त्री चौरसियाको स्पष्टिकरणः संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन


काठमाडौँ। कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो चुनौती दिएका हुन् । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गरेका थिए । मन्त्री चौरसियाले बाहिर आएजस्तो दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति नगरिएको उनको भनाइ छ । उनले आफूले नैतिकता र चरित्रमा आधारित राजनीतिक जीवन बिताएको दाबी गर्दै खहरे खोलाजस्तो अनुशासनहिन नभएको जिकिर गरे ।

मन्त्री चौरसियाले भने, ‘संविधान र कानूनभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको र माननीय सदस्यज्यूले भनेजस्तो पार्टीको सिण्डिकेट तथा दलीय प्रभाव गर्नेगरी न्यायाधीश नियुक्ति गरिएको छैन । माननीयज्यूले मेरो बारेमा पनि केही कुरा उठाउनु भएको छ । न्यायिक परामर्श कानून, न्याय तथा संसदीय मामिलामन्त्री र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन ? म उहाँलाई प्रश्न सोध्न चाहान्छु । उहाँले मलाई आरोप पनि लगाउनु भएको छ । मेरो राजनीतिक जीवनमा नैतिकता र चरित्रको राजनीति गरेको व्यक्ति हुँ । म कहिल्लै पनि आफूलाई खहरे खोलाजस्तो अनुशासनहिन र उडिरहेको चंगाबाट चुँडिएपछि रुप र घरमा खसेजस्तो व्यक्तित्व मेरो होइन । मेरो विरुद्धमा उहाँसँग कुनै प्रमाण छ भने पेश गरे हुन्छ ।’

उनले न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट वा दलीय प्रभाव नपरेको समेत स्पष्ट पारे ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?