Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

बजेटमा टेक एण्ड पे राखेर सरकारले गम्भीर गल्ति गर्यो : समिति सभापति सिंह


काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा विद्युत खरिदमा ‘टेक एण्डे पे’ प्रावधान राखेर गम्भीर गल्ति गरेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले टेक एण्ड पे पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने प्रभावका बारेमा आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको टेक एण्ड पेको व्यवस्थाले सिंगो उर्जा क्षेत्रलाई आंतकित गरेको भन्दै यसबारे समितिले निर्णय लिने उद्घोष गरेका हुन् । उनका अनुसार भर्खरै अघि बढ्न थालेको यो क्षेत्रलाई आतंकित बनाउनु हुँदैन । मुलुकलाई अध्यारोबाट उज्यालोतर्फ अघि बढाएको यो क्षेत्रलाई राज्यले तहसनहस बनाउन खोज्दा पूर्वाधार समिति रमिते नबन्ने चेतावनी दिए । उर्जा व्यवसायीका साथै ६० लाख भन्दा बढी शेयर होल्डरहरु भएको क्षेत्रलाई सक्ने प्रपञ्च कसैले गरे त्यो सपना पूरा हुन नदिने उनले बताए । उनले निजी क्षेत्रका लागि पूर्वाधार समितिले न्यायोचित निर्णय गर्ने बताए । उर्जा उत्पादक र सेयर होल्डरहरुको संरक्षण गर्न जरुरी रहेको सभापति सिंहले बताएका छन् । सभापति सिंहकाअनुसार छिट्टै जलस्रोत विधेयक पूर्वाधार समितिबाट पास गरिनेछ ।

पूर्वाधार समितिका सभापति सिंहले भने ‘अहिले आशाका किरणका रुपमा जलस्रोत क्षेत्रलाई देशले देखेको छ । बजेटमा टेक एण्ड पे ल्याएको छ । जुन आतंक सिर्जना गरिएको छ । त्यो दुर्भाग्य हो । यो गर्न हुन्न । भर्खर बामे सर्न खोजेको, विद्युत प्राधिकरणले भन्दा धेरै प्रगति गरेर मुलुकलाई अध्यारोबाट उज्यालोतर्फ लगेको यो जलविद्युत् क्षेत्रलाई तहसनहस गर्न प्रपञ्च रचिन्छ भने त्यो सपना हुनेछैन । सपना पूरा हुन दिइन्न ।’


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?