Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन् ।

आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए । उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए । पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छाँै । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यि सबै कुरा छन् । ’

प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्युन गर्नेतिर सरकारको ध्यान गइरहेको बताए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?