Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन् ।

आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए । उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए । पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छाँै । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यि सबै कुरा छन् । ’

प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्युन गर्नेतिर सरकारको ध्यान गइरहेको बताए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?