Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्नः अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो प्रश्न गरेका हुन् । उनले शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरु अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाएका छन् ।

उनले भने, ‘आज उहाँ संसदमा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरु मन्त्रालयबाट झन के होला ? कर चाँही सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने धारणा राखे ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?