Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सत्ता र शक्तिमा भएकाहरूको गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय हुन्छः अध्यक्ष केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरी लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् ।

आईतवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पनि संसद् जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताए । उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय भएर जाने बताए । उनले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता व्यक्त गरे । उनले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने बताए । उनले सङ्घीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नल्याइएको जिकिर गरे ।

उनले भने, “नयाँ पिँढीलाई दुई वटा रोग छ । यहाँ केही हुन्न । लाखौँ लाख बेचेकै छौँ त हामीले त । पैसा लिनी अनि भेडा बाख्रा जस्तो लेनदेन नभए पनि हामीले बेचेकै त हो । यस्तो शिक्षा प्रणालीले देश बन्छ ? माननीय अमरेशजीले भनेको कुरासँग मेरो पनि आपत्ति छ । यो सङ्घीयताको कारणले कतै देश अन्तै विलीन हुन्छ कि भनेर म पनि डराउँथे । आज उहाँको मुखबाट फ्याट्ट आइहाल्यो । मैले भनेको थियो, यो सङ्घीय प्रणाली नेपालको प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन । अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ । सत्ता र शक्तिमा भएकाहरूले के भन्छन्, त्यसैको गोटी बनेर हिँड्ने हो भने हाम्रो दिनप्रतिदिन इज्जत क्षय भएर जान्छ ।”

उनले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?