Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सांसद साहको आरोपः सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गर्यो


काठमाडौँ। आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाएका हुन् । उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उनको भनाइ छ । सांसद शाहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्वन गरेको समेत आरोप लगाएका हुन् ।

उनले भने, ‘आज हाम्रा उद्योगहरु भएका छन्, व्यवसायहरु चौपट छ, व्यापारहरु लथालिङ्ग छन् । हिजो ५० हजारको व्यापार हुने ठाउँमा आज २५ हजारको पनि कारोबार भइरहेको छैन । यो सबैको एउटै कारण छ कर आतंक । सरकारै पिच्छे कर आतंक छ । जसको कारण उत्पदान महंगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालका पूँजीहरुको जगेर्ना गर्नुपथ्र्यो । सरकराले उद्योगीहरुलाई बचाउनुपथ्र्यो । तर नेपालका पूँजी विदेशमा लैजाने र पूँजी पलायनलाई सहायता गर्ने बजेट ल्याएका छौँ । यसले हाम्रो अर्थतन्त्र कहाँ पुग्छ ?’

उनले सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको समेत टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?