Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

केप टाउन कन्भिन्सनको पक्ष राष्ट्रका लागि नेपालले प्रक्रिया अघि बढाउँदै


काठमाडौँ। केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुन नेपालले प्रक्रिया अघि बढाएका छन् ।

आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुनका लागि नेपालले प्रक्रिया अघि बढाउने तयारी गरेको बताएका छन् । हवाई टिकट मूल्य घटाउन राष्ट्रिय एयरलाइन्सको संख्या बढाउनुपर्ने तर नेपालसँग जहाँज किन्नका आर्थिक अभाव रहेको बताए । उनले आर्थिक अभावलाई मध्यनजर गरेर सरकारले केप टाउन कन्भिन्सनमार्फत भाडामा जहाँज लिनेगरी छलफल अघि बढाएको जानकारी दिए । भाडामा जहाँज लिँदा पनि पारदर्शिताको कुरा उठ्ने भएकाले त्यसलाई पनि कसरी पारदर्शीता कायम राख्न सकिन्छ भन्ने हिसावले काम अघि बढाएको उनको भनाइ छ । संसारमा ६० प्रतिशत जहाँज भाडामा चल्ने गरेको बताउँदै मन्त्री पाण्डेले भाडामा जहाँज लिएर उडाउनका लागि दिने र लिने पक्षको सम्बन्धको बीचमा विश्वसनियता र पारदर्शिता कायम गर्न केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र बन्नु जरुरी हुने बताए । त्यसका लागि मन्त्रीपरिषद्को बाटो हुँदै संसदमा लगेर त्यसको पक्ष राष्ट्र हुने बाटोमा सरकार रहेको बताएका छन् । मन्त्री पाण्डेले अहिले दुई वटा न्यारोबडी, दुई वटा वाइटबडी र दुई वटा ट्विनअटरमात्रै सञ्चालनमा रहेको र एउटा बिग्रिएसँगै समस्या आउने गरेको बताए ।

मन्त्री पाण्डेले भने, ‘यो ०७३ सालमा निर्धारण भएको रहेछ, हाम्रो आन्तरिक उडानको भाडको दर । अब लगभग १० वर्ष हुन लाग्यो । निजी क्षेत्रका एयरलाइन्सहरुले के भन्नुहुन्छ भने हामीलाई ०७३ सालमा तपाईंहरुले तय गरिदिएको हो । त्यो पुनरावलोकनसम्म पनि गर्नुहुन्न । सबै कुराको मूल्य बढिसक्यो । अझ हामीलाई नै तपाईंहरु दबाब दिनुहुन्छ भने हामी त चलाउन सक्दैनौँ, योबन्द गर्छौं भन्नुहुन्छ । त्यो के रहेछ भने अपर लिमिट र लोअर लिमिट भनेर भाडादर कायम भएको रहेछ । प्यासेन्जर नपाएको बेलामा उहाँहरु लोअर लिमिटको टिकट लिनुहुँदो रहेछ, कहिले कहीँ त त्यो लोअर लिमिट भन्दा पनि तल लिएर उडाइदिनुहुँदो रहेछ । एकदमै चाप भएको बेलामा उहाँहरु अप्पर लिमिटको लिनुहुँदो रहेछ । किन लियौ पनि हामी भन्न सक्दैनौँ । किनभने हामीले पहिल्यै अप्पर लिमिट कायम गरिसकेका छौँ । लोअर लिमिट र अप्पर लिमिटको बीचमा जति पनि लिनसक्ने प्रवन्धका कारणले उल्टै हामी चल्न सकेका छैनौँ । घाटामा छौँ । सरकारले हामीलाई हेरिदिँदैन, उपकरण ल्याउँदा पनि भन्सारमा ख्याल गर्दैन । १० वर्षमा पुरानो टिकट दरमा हामी उडाउन बाध्य छौँ । इन्धनको मूल्य बढेको छ, के बढेको छ भन्ने उहाँहरुको गुनासो छ । उहाँहरुसँग हामीले सकेनौँ । यति भएपछि कुनै उपाय नै लागेन । केही समय अप्पर लिमिटको नलिदिनुस् न त मध्यमको लिदिनुस् भनेर आग्रह गरेका थियौँ । केही एयरलाइन्स आन्तरिक उडानको हकमा तयार पनि भए । अन्तर्राष्ट्रियको हकमा अन्तर्राष्ट्रिय कानूनहरुले नै के गर्दो रहेछ भने माग र आपूर्तिको आधारमा बढाउने र घटाउने स्वतन्त्रता हुँदो रहेछ । यसो किन गर्नुहुन्छ, कतै बद्मासी छ की भनेर जिएसएहरुसँग पनि छलफल ग¥यौँ । अरु देशमा राष्ट्रिय एयरलाइन्सहरु भन्नेछन् । सशक्त छन् । हाम्रो नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय यात्रुहरु ल्याउने र लैजाने र क्षमता १० प्रतिशत मात्रै राख्दो रहेछ । ९० प्रतिशत उनीहरुले उडाउँदो रहेछन् । यसको प्रतिशत बढेर, २५,३०, ५० प्रतिशत हाम्रो नेपाल एयरलाइन्सको क्षमता पुगेको भए नेपाल एयरलाइन्सले एउटा भाडादर कायम गरिदियो भने त्यो भाडादरमा टिकटमा मान्छेलाई उडाउन बाध्य हुँदा रहेछन् । तर हामीसँग १० प्रतिशतको मात्रै क्षमता हुँदा हामीले बढाउनु र घटाउनुले ९० प्रतिशतलाई चेक एण्ड ब्यालेन्स गर्नसक्ने रहेनछौँ । नेपाल एयरलाइन्सको क्षमता नबढाइ नहुने देखियो । टिकेटको भ्याट घटाइदिन आग्रह थियो । टिकटको भ्याटको मूल्य यस पटक पनि हटेन । अर्थ मन्त्रालय यो हटाउनु हुँदैन भन्नेमा दृढ देखिन्छ । मन्त्रालय आफैँले चाहेर गर्न सकिने अवस्था नै छैन । नेपाल एयरलाइन्सको जहाँज नथपिकन केही नहुने रहेछ । दुई वटा न्यारोबडी, दुई वटा वाइटबडी र दुई वटा ट्विनअटर अहिले चलिरहेको छ । यसलाई कसरी बढाउने ? किन्ने अर्थतन्त्र बलियो छैन । किन्दा पारदर्शिताको कुरा हुन्छ । हरेक जहाँज किन्दा काण्ड आइहाल्छ । किन्दा पारदर्शिताको कुरा के होला ? कस्तो संयन्त्र डेभलप गर्न सकिएला पारदर्शिताको लागि भन्ने सोचिरहेका छौँ । संसारमा ६० प्रतिशत प्लेन लिजमा चल्दो रहेछ । त्यहाँ पनि पारदर्शिता देखाउनु पर्ला भनेर कुरा अघि बढेको छ । लिजमा लिनका लागि दिने र लिने पक्षको सम्बन्धको बीचमा विश्वसनियता र पारदर्शिताका लागि यो केप टाउन कन्भिन्सन भन्ने रहेछ । केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हामी भएका छैनौँ । पक्ष राष्ट्र हुँदा सजिलो पर्ने रहेछ । केप टाउन कन्भिन्सन मन्त्रीपरिषद्को बाटो हुँदै संसदमा लगेर त्यसको पक्ष राष्ट्र हुने बाटोमा हामी छौँ ।’

मन्त्री पाण्डेले नेपालमा आन्तरिक उडानको भाडको दर कायम गरिएको र अहिलेसम्म पुनरावलोकन हुन नसकेको भन्दै निजी एयरलाइन्सहरुले अझै दबाब दिइरहे विमान उडाउन नसक्ने बताइरहेको जानकारी दिए । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय यात्रुहरु ल्याउने र लैजाने क्षमता १० प्रतिशत मात्रै रहेको र ९० प्रतिशत अरु एयरलाइन्सहरुले यात्रु ओसारपसार गर्ने गरेको बताए । नेपाल एयरलाइन्सको प्रतिशत बढेर ५० प्रतिशत पुगेको भए नेपाल एयरलाइन्सले एउटा भाडादर कायम गरिदिनसक्ने र त्यो भाडादरमा टिकटमा यात्रु उडाउन बाध्य हुने भएपनि क्षमता विस्तार गर्न नसकिएको उल्लेख गरे । नेपाल एयरलाइन्ससँग १० प्रतिशतको मात्रै क्षमता हुँदा भाडदर बढाउनु र घटाउनुले ९० प्रतिशतलाई चेक एण्ड ब्यालेन्स गर्न नसकिने स्थिति रहेको बताए ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?