
आज मिति २०८२ साल असार ०८ गते आइतबार (June 22 2025)आषाढ कृष्णपक्ष ,द्वादशी, २३:०९ बजेपछि त्रयोदशी
अब हेर्नुहोस आजको राशिफल :-
मेष –आजको दिन उत्साह र नवीन ऊर्जा प्रवाह हुनेछ। आत्मविश्वास बढ्नेछ, जसले गर्दा काममा अग्रसर हुन सजिलो हुनेछ। मित्रजन वा दाजुभाइसँग सहयोग मिल्न सक्छ। सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने दिन हो। घर परिवारको साथले मानसिक शान्ति मिल्नेछ। पारिवारिक जमघटमा सहभागी भइनेछ।
बृष – आज तपाइँ सौम्यता र आकर्षणबाट अरूलाई प्रभावित पार्न सक्नुहुन्छ। आर्थिक लाभका अवसर देखिन्छन्। सन्तान पक्षबाट सन्तोषजनक समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्धमा पनि सकारात्मकता आउनेछ। सन्तान पक्षबाट सन्तोषजनक खबर मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ।
मिथुन – आजको दिन विचारपूर्वक कार्य गर्नुपर्नेछ। बौद्धिक कार्यमा सफलता मिल्ने सम्भावना छ। नयाँ योजना बनाउने दिन हो, तर हतार नगर्नुहोला। यात्राबाट लाभ प्राप्त हुन सक्छ। आफन्तजनसँगको भेटघाटले मन प्रफुल्ल बनाउनेछ। सहयोगीहरूबाट लाभ पाइने समय छ। यात्राबाट फाइदा मिल्ने सम्भावना रहेको छ ।
कर्कट – थोरै दबाब रहे पनि परिस्थिति तपाईंको पक्षमा आउनेछ। भावनात्मक विषयहरूमा संयमता अपनाउनुहोस्। पारिवारिक कुरा मिलेर सुल्झनेछ। कार्यक्षेत्रमा धैर्य र इमानदारीले सफलता दिन सक्छ।काममा मन नलाग्ने हुन सक्छ, तर धैर्य राख्नुपर्छ। स्वास्थ्यमा सानो गिरावट आउन सक्छ।
सिंह – नेतृत्व क्षमता बढ्नेछ। अरूको सहायता वा सल्लाहमा तपाईंले महत्वपुर्ण निर्णय लिन सक्नुहुन्छ। जागिर पेशामा पदोन्नतिको योग छ। घरमा शुभ कार्यको चर्चा हुन सक्छ। मानसिक उत्साह बढ्नेछ। शुभ कार्यमा सहभागी भइनेछ। मान-सम्मान प्राप्त हुने योग रहेको छ ।
कन्या – दैनिक काममा सुधार आउनेछ। कामप्रतिको लगावले राम्रो परिणाम दिनेछ। आर्थिक दृष्टिकोणले सन्तोष मिल्नेछ। अध्ययन तथा शोधको क्षेत्रमा प्रगति हुनेछ। कामकाजी क्षेत्रमा प्रगति देखिनेछ। आर्थिक लाभको संकेत छ ।
तुला – आज मित्रहरूको सहयोगबाट आत्मबल बढ्नेछ। नयाँ व्यक्तिसँग सम्बन्ध बन्नेछ जसले भविष्यमा फाइदा पुर्याउन सक्छ। सामाजिक क्षेत्रमा क्रियाशीलता देखिनेछ। सामाजिक सम्बन्धमा सुधार हुनेछ। छोटो दूरीको यात्राबाट लाभ हुनेछ ।
बृश्चिक – आज योजनाबद्ध ढंगले अघि बढ्दा कामहरू सजिलै सम्पन्न हुनेछन्। मित्रजन र पारिवारिक सहयोग पाइनेछ। धार्मिक भावनामा वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। योजना सफल हुने सम्भावनारहेको छ ।
धनु – आज आत्मविश्लेषणको दिन हो। सोंच र दर्शनमा गहिराइ आउँछ। शिक्षा, दर्शन वा अध्यात्मको क्षेत्रमा सफलता मिल्नेछ। गुरुजनको सल्लाह उपयोगी हुने दिन। नयाँ अवसर प्राप्त हुने योग छ। अध्ययन वा लेखनमा सफलता मिल्नेछ।
मकर – आज तपाईंको व्यवहारिकता र अनुशासनको प्रशंसा हुनेछ। सानोतिनो तनाव भए पनि दिन समग्रमा शुभ छ। पैतृक सम्पत्तिबाट लाभ हुने योग। पारिवारिक सुखमा वृद्धिको योग। धनप्राप्तिको मार्ग खुल्नेछ।
कुम्भ – आजको दिन अनुसन्धान वा नयाँ कार्य थालनीका लागि अनुकूल छ। साथीभाइ र भाइबहिनीसँग समय बित्नेछ। मानसिक एकाग्रता बढ्नेछ। साथीहरूको साथले उत्साह बढ्नेछ। छोटो यात्रामा फाइदा मिल्नेछ।
मीन –सकारात्मक सोचले दिन सुरु हुनेछ। कला, संगीत वा अध्यात्ममा रुचि बढ्नेछ। पारिवारिक सुख-शान्तिमा वृद्धिको योग छ। सानोतिनो यात्राबाट लाभ हुने सम्भावना।धेरै समयपछि अधुरा काम पूरा हुने योग। आफन्तसँग समय बित्नेछ।
राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।
प्रकाशित मिति: ८ असार २०८२, आईतवार