Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

विनियोजन शिर्षकमाथिको छलफलमा २०४८ पछि एकाधबाहेक सबै मन्त्रीको आलोचना भएको छःसांसद भट्टराई


काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले २०४८ सालपछि एकाधबाहेक विनियोजन शिर्षकमाथिको छलफलमा मन्त्रीहरुको आलोचनामात्र हुने गरेको बताएका छन् ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माण प्रक्रिया सहभागितामूलक हुन नसक्दा मन्त्रीहरुले आलोचना खेप्नुपरेको बताए । उनले बजेट विनियोजनको सन्दर्भमा मन्त्रीहरु निर्वाचत क्षेत्रगत भए की अथवा कुनै दवावबाट प्रभावित भए भन्ने आधारमा बजेट विनियोजन भइरहेको टिप्पणी गरे । सांसदहरुलाई तीन करोडको बजेट दिँदैमा सहभागितामूलक भयो भन्ने निष्कर्षमा पुग्न नहुने बताउँदै सांसद भट्टराईले नीतिगत र अन्य कुरामा सहभागिता नदेखिएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले तीनै तहको अपनत्वका लागि बजेट निर्माणअघि सातै प्रदेशम संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अंग र विकास विद्हरुको विकास परिषद् बनाएर छलफल गरि बजेट निर्माण गर्न सुझाव दिए ।

उनले भने, ‘२०४८ सालदेखि सामान्यतय विनियोजन शीर्षकमाथिको छलफलमा मन्त्रीहरुले धन्यवाद पाएको एकाध होला । नत्रभने कहिँपनि मन्त्रीहरुको प्रशंसा भएको देखिँदैन । जोसुकै मन्त्री भएपनि आलोचना भएको छ । त्यसको मतलब के हो भने हाम्रो बजेट बनाउने प्रक्रिया सहभागितामूलक भइरहेको छैन । सांसदहरुको गुनासो किन छ ? सहभागितामूलक भएन । मन्त्रिहरु अलिकति निर्वाचन क्षेत्रगत भए कि ? अथवा कुनै दवावबाट प्रभावित भए की ? भन्ने आधारमा बजेटको विनियोजन भइरहेको छ । त्यसकारण यो बजेट विनियोजनको सन्दर्भमै हामीले एउटा केही न केही नीतिगत डिपार्चर गरौं । हामीले सातै प्रदेशमा विकास समिति परिषद्हरु बनाउँ, त्यो परिषद्मा संघीय सांसदहरु, प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अंग, विकास विद्हरुको एउटा विकास परिषद् बनाउ र सात दिन छलफल गरौं । र, त्यो छलफलबाट जे जे कार्यक्रमहरुमा निष्कर्ष निस्कन्छ त्यसलाई ल्याएर केन्द्रको बजेटमा राखौं । त्यसो भयो भने सांसदहरुको सहभागिता हुन्छ, वस्तुगत यथार्थवादी हुन्छ र सबैले अपनत्व लिने ठाउँ पनि रहन्छ । त्यसका लागि हरेक जिल्लामा त्यो जिल्लाका माननीय र अन्य प्रतिनिधिहरु राखेर कार्यान्वयन ठीक छ कि छैन भनेर अनुगमन समिति बनाउ, त्यो अनुगमन समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर अर्को वर्षको बजेट विनियोजन गर्ने क्रममा फेरि यही प्रक्रिया अगाडि बढाउँ । यदि त्यसो भएमा यो बजेट पारदर्शी पनि हुन्छ, जवाफदेही पनि हुन्छ र हामी सबै त्यसको हिस्सेदार पनि हुन्छौं र हामी डेमोक्रेसिमा पार्टीसिपेशनको कुरा गर्छौं । आज किन विरोध भयो त भन्दा पार्टीसिपेशन भएन, सांसदहरुलाई तीन करोडको बजेट दिएर पार्टीसिपेशन भयो भन्ने निष्कर्षमा हामी पुग्नु हुँदैन । त्यो पार्टीसिपेशन हैन, नीतिगत र अन्य कतिपय कुरामा राम्रोसितको पार्टीसिपेशन देखिँदैन । त्यसकारण अब त्यतातिर ध्यान दिनु जरुरी छ ।

उनले नीतिगत लगायत कतिपय कुरामा जनप्रतिनिधिको सहभागिता नदेखिएकाले अब त्यसतर्फ सोच्नुपर्ने समय आएको बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?