Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विनियोजन शिर्षकमाथिको छलफलमा २०४८ पछि एकाधबाहेक सबै मन्त्रीको आलोचना भएको छःसांसद भट्टराई


काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले २०४८ सालपछि एकाधबाहेक विनियोजन शिर्षकमाथिको छलफलमा मन्त्रीहरुको आलोचनामात्र हुने गरेको बताएका छन् ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले बजेट निर्माण प्रक्रिया सहभागितामूलक हुन नसक्दा मन्त्रीहरुले आलोचना खेप्नुपरेको बताए । उनले बजेट विनियोजनको सन्दर्भमा मन्त्रीहरु निर्वाचत क्षेत्रगत भए की अथवा कुनै दवावबाट प्रभावित भए भन्ने आधारमा बजेट विनियोजन भइरहेको टिप्पणी गरे । सांसदहरुलाई तीन करोडको बजेट दिँदैमा सहभागितामूलक भयो भन्ने निष्कर्षमा पुग्न नहुने बताउँदै सांसद भट्टराईले नीतिगत र अन्य कुरामा सहभागिता नदेखिएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले तीनै तहको अपनत्वका लागि बजेट निर्माणअघि सातै प्रदेशम संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अंग र विकास विद्हरुको विकास परिषद् बनाएर छलफल गरि बजेट निर्माण गर्न सुझाव दिए ।

उनले भने, ‘२०४८ सालदेखि सामान्यतय विनियोजन शीर्षकमाथिको छलफलमा मन्त्रीहरुले धन्यवाद पाएको एकाध होला । नत्रभने कहिँपनि मन्त्रीहरुको प्रशंसा भएको देखिँदैन । जोसुकै मन्त्री भएपनि आलोचना भएको छ । त्यसको मतलब के हो भने हाम्रो बजेट बनाउने प्रक्रिया सहभागितामूलक भइरहेको छैन । सांसदहरुको गुनासो किन छ ? सहभागितामूलक भएन । मन्त्रिहरु अलिकति निर्वाचन क्षेत्रगत भए कि ? अथवा कुनै दवावबाट प्रभावित भए की ? भन्ने आधारमा बजेटको विनियोजन भइरहेको छ । त्यसकारण यो बजेट विनियोजनको सन्दर्भमै हामीले एउटा केही न केही नीतिगत डिपार्चर गरौं । हामीले सातै प्रदेशमा विकास समिति परिषद्हरु बनाउँ, त्यो परिषद्मा संघीय सांसदहरु, प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा अंग, विकास विद्हरुको एउटा विकास परिषद् बनाउ र सात दिन छलफल गरौं । र, त्यो छलफलबाट जे जे कार्यक्रमहरुमा निष्कर्ष निस्कन्छ त्यसलाई ल्याएर केन्द्रको बजेटमा राखौं । त्यसो भयो भने सांसदहरुको सहभागिता हुन्छ, वस्तुगत यथार्थवादी हुन्छ र सबैले अपनत्व लिने ठाउँ पनि रहन्छ । त्यसका लागि हरेक जिल्लामा त्यो जिल्लाका माननीय र अन्य प्रतिनिधिहरु राखेर कार्यान्वयन ठीक छ कि छैन भनेर अनुगमन समिति बनाउ, त्यो अनुगमन समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर अर्को वर्षको बजेट विनियोजन गर्ने क्रममा फेरि यही प्रक्रिया अगाडि बढाउँ । यदि त्यसो भएमा यो बजेट पारदर्शी पनि हुन्छ, जवाफदेही पनि हुन्छ र हामी सबै त्यसको हिस्सेदार पनि हुन्छौं र हामी डेमोक्रेसिमा पार्टीसिपेशनको कुरा गर्छौं । आज किन विरोध भयो त भन्दा पार्टीसिपेशन भएन, सांसदहरुलाई तीन करोडको बजेट दिएर पार्टीसिपेशन भयो भन्ने निष्कर्षमा हामी पुग्नु हुँदैन । त्यो पार्टीसिपेशन हैन, नीतिगत र अन्य कतिपय कुरामा राम्रोसितको पार्टीसिपेशन देखिँदैन । त्यसकारण अब त्यतातिर ध्यान दिनु जरुरी छ ।

उनले नीतिगत लगायत कतिपय कुरामा जनप्रतिनिधिको सहभागिता नदेखिएकाले अब त्यसतर्फ सोच्नुपर्ने समय आएको बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?