Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था गरेर मात्रै टेक एण्ड पेमा जानुपर्छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए । उनले सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने बताए ।

सांसद बस्नेतले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने । निजामति सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो । सरकार विधेयक र कानून निर्माणप्रति त्यति जिम्मेवार र जवाफदेही भइरहेको जस्तो त लागिरहेको छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जवाफदेहीताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।’

सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताएका हुन् ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?