Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

प्राप्त अधिकारको रक्षा गरौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गरे । उनले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर लड्नुभएको बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘जसले हामीलाई यो खेल खेल्न अधिकार दिएको छ, जुन बोल्ने अधिकार दिएको छ । संगठन गर्न नपाउने समयमा लडेर अहिलेको अवस्था छ । महिलाहरु संगठित गरेर महिलाहरुको आवाजलाई अघि बढाउनुपर्छ, महिलालाई भोटिङ राइट्स मात्रै नभएर पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर मंगलादेवी सिंहले राजनीतिक नेतृत्व गर्नुभएको थियो । यसको महत्व अझ बढेको छ ।’

उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताएका छन् । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?