Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्राप्त अधिकारको रक्षा गरौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गरे । उनले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर लड्नुभएको बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘जसले हामीलाई यो खेल खेल्न अधिकार दिएको छ, जुन बोल्ने अधिकार दिएको छ । संगठन गर्न नपाउने समयमा लडेर अहिलेको अवस्था छ । महिलाहरु संगठित गरेर महिलाहरुको आवाजलाई अघि बढाउनुपर्छ, महिलालाई भोटिङ राइट्स मात्रै नभएर पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर मंगलादेवी सिंहले राजनीतिक नेतृत्व गर्नुभएको थियो । यसको महत्व अझ बढेको छ ।’

उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताएका छन् । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?