Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन्ः सचिव भट्टराई


काठमाडौँ। नेकपा एमाले सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरु जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गरे । उनले संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गरे । संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताए । संसदमा उपस्थित भएर गम्भीरताकासाथ नलिने हो भने आफूले प्रश्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग नलिए त्यसप्रति जिम्मेवार नभइने बताए ।

सचिव भट्टराईले भने, ‘आज यो १० वटा मन्त्रालय कसरी पुग्यो ? एकै पटक १० वटा मन्त्रालयको छलफल गरेर हामी कसरी एउटा कन्स्ट्रस्टिभ ढंगले संसदमा भुमिका खेल्नसक्छौँ । एउटा यो गम्भीर प्रश्न हो । १० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरु आउनु भएन । अस्ति केही मन्त्रीजीहरु आउनुभएन । अनि थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो । म माननीय मन्त्रीहज्युहरुलाई भन्न चाहन्छु, संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला यहाँ । जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के प¥यो होला । यो निकै गम्भीर प्रश्न हो । संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही भन्छ । मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही भन्छ । जब हामी संसदमा उपस्थित भएर गम्भीरताकासाथ भाग लिँदैनौँ, आफूले प्रश्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनाँै भने गर्छौं के ? विधायिकी काममा भाग लिँदैनौँ भने गर्छौं के ? तीतो नमान्नुहोला माननीय मन्त्रीज्युहरु समयमा नआउने, जसले गर्दा एक घण्टापछि हामीले यो शुरु गरेका छौँ । किनभने मन्त्रीज्यु नआएर हो ।’

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरुलाई सुझाव दिए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?