Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैनः अध्यक्ष केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताएका छन् ।

शनिवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए । उनले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताए । प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उनको जिकिर छ । राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । आफू संघीय प्रणालीको विरोधी नभइ संघीयता नेपालमा सम्भव नरहको स्पष्ट पारे ।

उनले भने, ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ । म त्यो दुवै संविधान सभामा छु । केके भएर संविधानमा संघीयता स्वीकार गरिएको हो ? अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता हो ? नेपाली जनतालाई होइन, त्यो प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो । अहिले ठूलो संख्या छ नेपालमा जनताको की चित्रबहादुरलाई अरु कुरा त केही छैन, कुरा मात्रै गर्छ भन्छन् । प्रदेश खारेज गर्ने कुरा ठिक छ भन्छन् । मैले भन्न मन लागेर भनेको होइन । कुनैपनि प्रणाली राष्ट्रको हितमा हुन्छ । मलाई त भन्दा भन्दा चित्रबहादुर संघीयताविरोधी हो रे । म किन हुने संघीयता विरोधी ? नेपालमा संघीयता सम्भव छैन । यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो ? यो गलत ।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?