Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रास्वपाद्वारा दिवंगत सुरेश रजकका परिवारलाई आर्थिक सहयोग


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी स्थापनाका दिनदेखि आजसम्म सहयोग र साथ दिने सबैलाई धन्यवाद दिएका थीए ।

उनले भने, ‘हामीलाई शुरुका दिनदेखि आजसम्म अहोरात्र स्वदेशमा तथा विदेशमा बसेर भौतिक रुपमा वैचारिक रुपमा साथ दिनुहुने सम्पूर्ण नेपालमा तथा विदेशमा बस्नुहुने तमाम नेपाली दाजुभाई दिदीबहिनीहरु र उहाँहरु समक्ष हाम्रा सूचनाहरु पुर्याउनुहुनेप्रति एकमुष्ट शुभकामना दिन चाहन्छु । केही समयअघि मृत्यु वरण गर्नुभएका सुरेश रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन पारेर तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छौं ।’

उनले पार्टीका सूचनाहरु जनतासम्म पुर्याउने सम्पूर्ण सञ्चार जगत र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?