Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेनः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको बताए । उनले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गरे । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

मन्त्री पन्तले भने, ‘विश्व योग दिवसले के देखाउँछ भने योग अब खालि वैदिक संस्कृतिको, वैदिक समुदायको मात्रै विषय रहेन । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको छ । योगले मानिसलाई, ध्यानले मानिसलाई आफूभित्र हेर्नका लागि, आफ्नो मनस्थिति छाम्न, आफ्नो चिन्तनको लागि व्यतित गर्दछ । ध्यान र योगले मन र चित्त शुद्ध हुन्छ । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई हामीले हाम्रो देशको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा बौद्धिक सम्पदाको रुपमा अघि बढाउनुपर्छ ।’

नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको बताए । आज शान्तिको बढी खाँचो रहेको र पूर्खाहरुले पृथ्वीमा मात्रै नभइ अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?