Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेनः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको बताए । उनले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गरे । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

मन्त्री पन्तले भने, ‘विश्व योग दिवसले के देखाउँछ भने योग अब खालि वैदिक संस्कृतिको, वैदिक समुदायको मात्रै विषय रहेन । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको छ । योगले मानिसलाई, ध्यानले मानिसलाई आफूभित्र हेर्नका लागि, आफ्नो मनस्थिति छाम्न, आफ्नो चिन्तनको लागि व्यतित गर्दछ । ध्यान र योगले मन र चित्त शुद्ध हुन्छ । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई हामीले हाम्रो देशको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा बौद्धिक सम्पदाको रुपमा अघि बढाउनुपर्छ ।’

नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको बताए । आज शान्तिको बढी खाँचो रहेको र पूर्खाहरुले पृथ्वीमा मात्रै नभइ अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?