Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

देश एउटा नयाँ चरणमा प्रवेश गर्दैछः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताएका छन् ।

शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेको र कृषिको आधुनिकीकरण भइरहेको पनि बताए । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा निराशा पैदा गर्न नहुने बताए । आफैँले गर्नसक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हाँसिल हुने बताए । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणात गरिएको बताए । बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘कृषिको आधुनिकीकरणतर्फ व्यापक रुपमा काम गरिरहेका छौँ । कृषिको आधुनिकीकरण भइरहेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका छन् । कतिपय उद्योग अहिले स्थापना भइ नचलेका पनि होलान् । कतिपय आउडेटेड भए । कतिपयलाई सञ्चालन गर्ने तयारीमा छौँ । यसरी हामीले देश बहुआयामिक ढंगले चौतर्फी रुपमा देशको विकास गरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताए । उनले विकास भयो भन्नेकुरामा चिन्ता नलिन आग्रह गरे । विकासको नेतृत्वमा राजनीतिक दल र जनप्रतिनिधिहरुले अगुवाई गर्नुपर्ने बताए । उनले सरकारका निकायहरु विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?