Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालनमा


काठमाडौँ। रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ ।

गुल्मीको मदाने गाउँपालिका वडानंर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा विहीवार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गरे । आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको बताएका छन् । नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए । यसले कृषिको व्यवसायिककरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । अहिले भारतमा उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।

उद्योगका अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेष्ट पनि छन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने जिकिर गरे । विदेशबाट खालि हात स्वदेश फर्किनुभएका कृष्ण पौडेलको जीवन्त उदाहरण हेर्दा यसबारे स्पष्ट हुने उनको भनाइ छ । आलुको आयात प्रतिष्थापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने बताए ।

उनले भने, ‘एउटा निष्ठाका साथ र मेहनतका साथ र योजनाका साथमा लागिरह्यो भने हर कसैले चमत्कार गर्नसक्छ । यसको जीवन्त उदाहरण कृष्ण पौडेलजी र उहाँको कम्पनी हो । रित्तो हात लिएर स्वदेश फर्किनुभएको युवाले स्वदेशमै भविष्य खोज्छ र रोजगारी सिर्जना गर्दछ । आलुको आयात प्रतिष्थापन गर्नसक्ने काम आज उहाँले गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै सांसद वासुदेव घिमिरेले बीउ वृद्धिका कार्यक्रमहरुमा सरकारले सहयोग गर्नुपर्ने बताए । उनले आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गरेमात्रै उत्पादन फस्टाउने र किसानलाई सहयोग हुने बताए ।

उनले भने, ‘बीउ वृद्धिका कार्यक्रमहरु राम्रोसँग गर्न सकेका छैनौँ । अझै हामीलाई चाहिने आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गर्नुपर्छ । केही समय लाग्छ । सामान्य इन्स्योरेन्समा मात्रै अनुदान दिएर मात्रै पुग्दैन । सम्मानजनक बीउ वृद्धिमा सहयोग गर्नुपर्छ । समयमै नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्छ ।’

उनले समयमै नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?