Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन् ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले समाजमा बढेको अपराधीकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताए । उनले देशमा जता हेरे पनि अनियमितता, अपराधीकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए । उनले यसलाई सरकारले नियन्त्रणले गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको टिप्पणी गरे । सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरे । उनले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भयो । उनले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गरे ।

उनले भने, “देश प्रगति पथतिर जाने कहिले ? हाम्रो समाज यति धेरै अपराधीकरण भएको छ कि, राम्रो बाटोमा जाला भनेको अधोगति तिर गइरहेको छ । यो के भएको हो ? जता हे¥यो अनियमितता, अपराधीकरण, भ्रष्टाचार र हत्या हिंसा यस्ता लुटतन्त्रले मौलाउने अवसर पाइरहेको छ । यसलाई सरकारले नियन्त्रणले गर्ला भन्यो, स्वयं सरकार नै बिरामी छ । उसले आफ्नै व्यथा हल गर्न सकेको छैन, जनताको व्यथा कसरी हल गरोस् । यो विडम्बनाको कुरा हो । अदालततिर हेयौ, त्यो अदालत गन्हाइरहेको सारा जनमानसको भनाइ छ, सरकारतिर हेरौँ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । हामी सधैँ सुशासन, सुशासन, सुशासन भएन भन्छौँ, भएको छ कुशासन ।”

उनले सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सरकार र जनता एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?