Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

राजनीतिक दलहरु सुध्रिन जरुरीः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राजनीतिक दलहरु सुध्रिन जरुरी रहेको बताएका छन् ।

सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी रहेको पनि बताए । उनले शिक्षा क्षेत्रमा धेरै जटिलताहरु देखिएको बताउँदै दीर्घकालीन रुपले मेहनत गरेर शिक्षा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको उल्लेख गरे । उनले विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरुमा पनि परिवर्तन गर्न जरुरी देखिएको बताए ।

मन्त्री पन्तले भने, ‘शिक्षा क्षेत्रमा धेरै जटिलताहरु देखिएका छन् । एउटा दीर्घकालीन रुपले मेहनत लगाएर हामीले यो क्षेत्रमा केही नीतिगत हस्तक्षेपहरु गर्नुपर्नेछ । नीतिगत रुपमा रिफर्म गर्नुपर्ने देखेका छौँ । हाम्रो शिक्षा नीतिमा, शिक्षा सम्बन्धी कानूनहरुमा । हाम्रा विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरुमा पनि हामीले सम्बोधन गर्नुपर्नेछ । त्यतिमात्र होइन, हामी राजनीतिक दलहरु आफैँ सुध्रिनुपर्ने अवस्था छ । अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी राख्नुभएको छ ।’

मन्त्री पन्तले मुलुकको शिक्षा नीतिलाई कता लैजाने भन्नेबारे एकीकृत धारणा बनाएर अघि बढ्न जरुरी रहेको बताएका छन् । अहिलेको पुस्ताले खोजिरहेको शिक्षा नेपालमा दिन नसकेको हो भने नयाँ हिसावले सोच्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?