Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

राजनीतिक दलहरु सुध्रिन जरुरीः मन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राजनीतिक दलहरु सुध्रिन जरुरी रहेको बताएका छन् ।

सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी रहेको पनि बताए । उनले शिक्षा क्षेत्रमा धेरै जटिलताहरु देखिएको बताउँदै दीर्घकालीन रुपले मेहनत गरेर शिक्षा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको उल्लेख गरे । उनले विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरुमा पनि परिवर्तन गर्न जरुरी देखिएको बताए ।

मन्त्री पन्तले भने, ‘शिक्षा क्षेत्रमा धेरै जटिलताहरु देखिएका छन् । एउटा दीर्घकालीन रुपले मेहनत लगाएर हामीले यो क्षेत्रमा केही नीतिगत हस्तक्षेपहरु गर्नुपर्नेछ । नीतिगत रुपमा रिफर्म गर्नुपर्ने देखेका छौँ । हाम्रो शिक्षा नीतिमा, शिक्षा सम्बन्धी कानूनहरुमा । हाम्रा विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरुमा पनि हामीले सम्बोधन गर्नुपर्नेछ । त्यतिमात्र होइन, हामी राजनीतिक दलहरु आफैँ सुध्रिनुपर्ने अवस्था छ । अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी राख्नुभएको छ ।’

मन्त्री पन्तले मुलुकको शिक्षा नीतिलाई कता लैजाने भन्नेबारे एकीकृत धारणा बनाएर अघि बढ्न जरुरी रहेको बताएका छन् । अहिलेको पुस्ताले खोजिरहेको शिक्षा नेपालमा दिन नसकेको हो भने नयाँ हिसावले सोच्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?