Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

आजबाट माओवादीले सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति पनि नराख्ने


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराए । लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आए पनि शुक्रवारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताए ।

उनले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ । हस्ताक्षर हुन्छ, हाउस खुल्छ । रास्वपासँग हाम्रो मुलभुत विषयमा केही फरक छैन । तर उहाँहरुका केही अडानका कारणले केही समय उहाँहरु आफ्नो ढंगले जानुहुन्छ । तर हाम्रो विमति र आरोप, प्रत्यारोप हुँदैन ।’

अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरुको विमति र आरोप नहुने स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?