Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

आजबाट माओवादीले सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति पनि नराख्ने


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताएका छन् ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराए । लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आए पनि शुक्रवारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताए ।

उनले भने, ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ । हस्ताक्षर हुन्छ, हाउस खुल्छ । रास्वपासँग हाम्रो मुलभुत विषयमा केही फरक छैन । तर उहाँहरुका केही अडानका कारणले केही समय उहाँहरु आफ्नो ढंगले जानुहुन्छ । तर हाम्रो विमति र आरोप, प्रत्यारोप हुँदैन ।’

अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरुको विमति र आरोप नहुने स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?