
काठमाडौँ। । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आठबिस नगरपालिका-८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मन बहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार