Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनुपर्छः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शिलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताए । उनले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए । गुणस्तरीय प्राविधिक र प्रतिष्पर्धाको पक्षलाई ध्यान दिइ भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले भने, ‘विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्छ । गुणस्तरीय प्राविधिक र प्रतिष्पर्धाको पक्षलाई ध्यान दिइ भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी छ । अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता हो । स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शिलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी छ ।’

राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भुमिका महत्वपूर्ण हुने बताए । सभ्य र सुसंस्कृति आधुनिक समाज निर्माणमा मात्र नभइ राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको बताएका छन् । राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासत प्रणाली अवलम्वन गरेर तिब्र विकासको बाटोतर्फ उन्मुख रहेको बताए । सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकास चरणलाई अघि बढाउनु र तदनुकुलको शिक्षा दिन आवश्यक रहेको जिकिर गरे ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?