Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथ प्रदर्शकहरु नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताएका छन् ।

बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । पर्यटक पथ प्रदर्शकहरुले पर्यटकलाईमात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको बताए । उनले देशभक्ति भावना र व्यावसायिकतालाई सुदृढ बनाएर निष्ठाका साथ यो क्षेत्रमा लाग्न आग्रह गरे । मन्त्री पाण्डेले पर्यटक पथ प्रदर्शकहरुका तत्काल समाधान गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने मुद्दाहरु नीति, कानूनबाट समाधान हुने विश्वास व्यक्त गरे । उनले काठमाडौं केन्द्रित पर्यटक पथ प्रदर्शकहरुको सञ्जाल देशव्यापी विस्तारका विषयमा सम्मेलनमा छलफल हुने विश्वास व्यक्त गर्दै आउने समस्या समाधानका लागिसरकार साथमा रहेको बताए ।

उनले भने , ‘पर्यटकलाई गाइड गर्ने कुरा हाम्रो कर्तव्यभित्र पर्छ । यो कर्तव्यमा यहाँहरुले तदारुकताका साथ काम गर्नुहुनेछ । म यो मन्त्रालयको मन्त्रीको हिसावले के बचन दिलाउन चाहन्छु भने तपाईहरुका जतिपनि मुद्दाहरु छन् सरकारले समाधान गर्नुपर्ने । अहिले समाधान गर्नुपर्ने मुद्दा तत्काल समाधान गर्छौं । पछि समाधान गर्नुपर्ने मुद्दाहरु कसरी नीतिबाट, कानूनबाट के बाट समाधान हुन्छ सोहीअनुसार गर्दै जानेछौं । तपाईहरु टुर गाइडको हिसावले हामीहरु नेपालको पर्यटनको क्षेत्रको केन्द्रमा छौं । हामीले राम्रो भनिदिँदा दुनियाँले नेपाललाई राम्रो भन्छ । हामीले राम्रो गर्दा नेपाल राम्रो बन्छ र एकपटक आएको मान्छे पटक पटक आउँछ र एक पटक आएको मान्छेले अरुलाई पनि जान भन्छ । हामीले नराम्रो गरिदिँदा मान्छे फर्केर पनि आउँदैन । त्यसैले नेपालको पर्यटन क्षेत्रको विकासको केन्द्रविन्दूमा छौं हामी । हामीले केबल टुरिष्टहरुलाईमात्र गाइड गर्दैनौं । नेपाल देशको पर्यटन क्षेत्रको गाइड गर्छौं । हामी नै पथ प्रदर्शक हो नेपालको पर्यटन क्षेत्रको विकासको पथ प्रदर्शक हामी हो भन्ने कुराको देशभक्ति, त्यो भावना र व्यावसायिकतालाई राम्रो बनाएर, अझ मजबुद बनाएर सुदृढ बनाएर निष्ठाकासाथ यो क्षेत्रमा लाग्नुहुनेछ । यो क्षेत्र केबल काठमाडौं केन्द्रित छ । यसलाई सातै प्रदेशमा कसरी विस्तार गर्ने ? सात प्रदेशमा यसको विस्तार कसरी गर्ने ? सम्बन्धित क्षेत्रमा पर्यटन र पर्यटक टुर गाइडको विस्तार देशव्यापी बनाउने बारेमा तपाइहरुको सम्मेलन सफल हुनेछ भन्ने विश्वास लिएको छु । तपाईहरुको साथमा हामी छौं र नेपाल सरकारपनि छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले पर्यटक पथ प्रदर्शकहरुले राम्रो बोल्दा दुनियाँले राम्रो भन्ने र एक पटक आएको पर्यटक पटकपटक आउने बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?