Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरु सरकारले गरिरहेको पनि उल्लेख गरे । उनले अधिकार सम्पन्न वागमती सभ्यताबाट नदीहरु सफाई गर्ने कार्य शुरु गरिसकको बताए । उनले अचानक आउने विपद्बाट हुने क्षति न्युनिकरणका लागि सरकारले यस पटकदेखि सानो भएपनि तत्काल अर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको बताए ।

उपप्रधानमन्त्री सिंहले भने , ‘समयमै नदी र खोलाहरुलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ । त्यो सकारात्मक छ । हामीले अधिकार सम्पन्न वागमती सभ्यताबाट नै हामीले नदीहरु सफाई गर्ने कार्य शुरु भइसकेको छ । अचानक बाढी आउँछ, पुलहरु ड्यामेज हुन्छन्, बजेट पहिला तत्काल प्रयोग गर्न बजेट थिएन । तर अहिले हामीले विपद् हुँदा त्यसलाई सम्बोधन गर्न बजेट राख्नुपर्छ भनेर सानो भएपनि शुरुवात गरेका छौ । मनसुनबारे पूर्वसूचना अनुसार हामी मन्त्रालयबाट आवश्यक तयारीका काम शुरु गरिसकेका छौँ ।’

उपप्रधानमन्त्री सिंहले विगतमा भएका कामबाट सिकेर अघि बढ्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?