Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

बजेटबारे पूर्वअर्थमन्त्री पुनको टिप्पणी – ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सिमित’


काठमाडौँ। पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन्  ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले  अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए  । उनले आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको जिकिर गर्दै  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए  । उनले गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताएका छन्  ।  गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको बताए  ।

उनले भने, “गत वर्षको बजेटमा हामी अर्थतन्त्रका ५ क्षेत्र भनेका थियौ । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको थियो, त्यसबारे केही बोलेको छैन । गत वर्ष गण्डकी आर्थिक त्रिभुज लगायतका अर्थतन्त्रका केन्द्रका चर्चा थियो, यस वर्ष त्यस्ता पनि छैनन् । गत वर्ष स्टार्टअप लगायतका खास गरी आइसिटी क्षेत्रलाई विशेष फोकस गरिएको थियो, अहिले त्यो पनि छरिएर रहेको छ । आशा जगाउने ढङ्गले, अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले भन्दा पनि जस्तो छ, जस्तो छ नियमित रूपमा गरौँ भन्ने खालको नियमित बजेटको रूपमा आएको छ ।”

उनले सरकारले विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?