Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बजेटबारे पूर्वअर्थमन्त्री पुनको टिप्पणी – ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सिमित’


काठमाडौँ। पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन्  ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले  अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए  । उनले आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको जिकिर गर्दै  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए  । उनले गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताएका छन्  ।  गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको बताए  ।

उनले भने, “गत वर्षको बजेटमा हामी अर्थतन्त्रका ५ क्षेत्र भनेका थियौ । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन । ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको थियो, त्यसबारे केही बोलेको छैन । गत वर्ष गण्डकी आर्थिक त्रिभुज लगायतका अर्थतन्त्रका केन्द्रका चर्चा थियो, यस वर्ष त्यस्ता पनि छैनन् । गत वर्ष स्टार्टअप लगायतका खास गरी आइसिटी क्षेत्रलाई विशेष फोकस गरिएको थियो, अहिले त्यो पनि छरिएर रहेको छ । आशा जगाउने ढङ्गले, अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले भन्दा पनि जस्तो छ, जस्तो छ नियमित रूपमा गरौँ भन्ने खालको नियमित बजेटको रूपमा आएको छ ।”

उनले सरकारले विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?